Comments Add Comment

मधेसी मोर्चासँग कांग्रेसले सहकार्य गर्छः बिमलेन्द्र निधि

'केपी ओली निमोनियाको बिरामीजस्तो बर्बराइरहेका छन्, उपचार आवश्यक छ'

Bimalendra-Nidhi

जेठ ११, जनकपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री विमलेन्द्र निधिले संविधानप्रति असन्तुष्टि जनाउदै आन्दोल गरिरहेको मधेसी मोर्चासँग छिटै आफूहरुको सहकार्य हुन गइरहेको खुलासा गरेका छन् ।

धनुषामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नै कांग्रेस नेता निधिले संविधान संशोधन लगायतका मुद्दामा सहकार्य गर्न नेपाली कांग्रेस र मोर्चाबीच छलफल चलिरहेको जानकारी दिए । उनले वर्तमान संविधानमा कमी कमजोरी रहेको स्वीकार गर्दै संविधानमा संशोधन गर्नुपर्ने आवश्यकता औल्याए । आन्दोलनरत पक्षसँग संवाद र छलफलको माध्यमबाट संविधानमा देखिएका असन्तुष्टि समाधान गर्नुपर्नेमा निधिले जोड दिएका छन् ।

धनुषाको नगराइन गाविसस्थित राजेश्वर निधि उच्च माविको हातामा निर्माण हुनलागेको चार कोठे भवनको मंगलबार शिलान्यास गर्दै निधिले मधेसको माग सम्बोधन नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे । वर्तमान सरकार मधेश मुद्दा समाधानको वाधक रहेको नेता निधिको आरोप छ ।
मधेसको जायज माग सम्बोधन गर्नतर्फ एमाले नेतृत्वको सरकार गम्भीर नरहेको आरोप उनले लगाए । आन्दोलनरत पक्षलाई वार्ता र संवादमा ल्याउन नसकेर जथाभावी अभिव्यक्ति दिँदै प्रधानमन्त्री केपी ओलीले वातारण बिगार्ने काम गरेको उनको टिप्पणी छ ।

मधेसी मोर्चाले राखेको सीमांकन, नागरिकता, राष्ट्र सभामा समानुपातिक प्रतिनिधित्व लगायतका मागप्रति आफूहरुको पूर्ण समर्थन रहेको निधिले बताए । मधेशी मोर्चाले उठाएको सीमांकन सहितका विषय समाधान नभए सम्म संविधान कार्यान्वयन हुन नसक्ने ठोकुवा गर्दै निधिले संविधान संशोधन गर्नुको विकल्प नरहको बताए ।

प्रधानमन्त्री केपी ओलीलाई इंगित गर्दै निधिले भने, ‘निमोनिया र टाइफाइडको बिरामी जस्तै उहाँ बरबराउने गर्नु हुन्छ । उहाँलाई उपचारको आवश्यक्ता छ र यो उपचार कांग्रेसले मात्र गर्न सक्दछ ।’ प्रधानमन्त्री ओलीको व्यवहारले चीन, भारत, अमेरिका लगायतका मुलुकहरुसँगको सम्बन्ध बिगि्रएको दावी निधिले गरे । उनले सहमतीय सरकारको समेत कुनै आवश्यकता नरहेको औँल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment