Comments Add Comment

लागू औषधमा १५ वर्ष जेल बसेर छुटेका भारतीय नक्कली भारुमा फेरि समातिए

Fake-money

१२ जेठ, काठमाडौं । लागुऔषध कारोवारको अभियोगमा भारत बिहारका वैद्यनाथ गुप्ता २०५२ सालमा जेल परेका थिए । १५ वर्ष जेल सजाय भुक्तान गरेर गुप्ता ६७ सालमा मुक्त भए ।

यति लामो सजाय पाएपछि सुधि्रनु पर्ने हो, तर गुप्ताले कारागारबाट छुटेपछि अर्को धन्दा चलाउने योजना भित्रै बनाइसकेका थिए । नक्कली भारुको कारोवार गर्ने योजना सहित मुक्त भएका तीनै गुप्ता ६ वर्षपछि भारतीय नक्कली नोटको कारोवारीको आरोपमा पक्राउ परेका छन् ।

१५ वर्षे जेल सज्ाायबाट मुक्त हुनु केही महिनाअघि वैद्यनाथ गुप्ताको केन्दि्रय कारागारमै एक पाकिस्तानीसँग भेट भयो । नक्कली भारुसहित नेपालमा पक्राउ परेका वाहब नाम गरेका पाकिस्तानी नागरिक पनि केन्दि्रय कारागार पुगेपछि गुप्ताको भेट भएको थियो ।

१५ वर्षको कारागार जीवन विताएर मुक्त हुन लागेका गुप्ता र वाहबको नक्कली भारुको धन्दा गर्ने योजना कारागारमै बनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । केही दिनको फरकमा वहब र गुप्ता कारागारबाट छुटे । नेपालबाट छुटकारा पाए लगतै वाहबले पाकिस्तान पुगेर गुप्तालाई नक्कली भारु पठाउन थालेको प्रहरीले बताएको छ ।

वैद्यनाथको नेपाली सञ्जाल

कारागारमै नक्कली भारुका कुख्यात कारोवारीसँग चिनजान भएपछि वैद्यनाथ त्यो समुहको लागि नेपालको मुख्य एजेन्ट बनेका थिए । वैद्यनाथसँगै अन्य सात जना भारतीय नक्कली नोट कारोवारको अभियोगमा पक्राउ परेका छन् ।

कारागारबाट मुक्त हुँदा नक्कली भारुको एजेन्ट बन्ने तयारीसहित आएका वैद्यनाथले रुपेन्देहीका विजय शर्मालाई जेलबाट छुटेपछि आप\mनै धन्दामा सामेल गराएका थिए । गुप्ताले नेपालमा नक्कली भारु विस्तारको लागि दुइ समुह बनाएको प्रहरीले बताएको छ ।

जेलबाट छुटेपछि धुम्बाराहीको कफी पसलमा चिनजान भएको भनिएका सप्तरीका तारणीप्रसाद ठाकुरलाई गुप्ताले नक्कली भारु बजारसम्म पुर्‍याउने मुख्य एजेन्ट बनाएका थिए । तारणीले आफनो सहयोगिको रुपमा मिरा जिरेल र सुमन मल्ललाई परिचालन गरे ।

यसरी खुल्यो नक्कली भारुको जालो

गत वैशाख १६ गते तारणीप्रसाद ठाकुर र सुमन मल्ल टिचिङ अस्पताल क्षेत्रमा फलफुल विक्रि गर्ने भारतीय नागरिकलाई भारु चाहिएको छ ? भन्दै सोध्न पुगे । ठाकुर र सुमन मार्फत ती फलफुल व्यवसायिहरुले ३२ हजार भारु साटे । भारु साटेका ति व्यवसायिहरुले साटिएको भारु साथीलाई देखाउँदा नक्कली भएको भेटिएपछि उनीहरु महाराजगञ्ज प्रहरी बृत्तमा पुगे ।

बृत्तका डिएसपी विश्वमणी पोखरेलले पिडितहरुको उजुरीको आधारमा नक्कली भारुका कारोवारीको खोजी सुरु गरे । केही दिनपछि सुमन मल्ल र मिरा जिरेल थप ३ लाख नक्कली भारु बोकेर पुरानै ठाउँमा आइपुगे । जहाँ उनीहरुलाई पक्राउ गर्न डिएसपी विश्वमणी पोखरेलको टोली पासो थापेर बसेको थियो ।

जिरेल र मल्ल पक्राउ परेपछि उनीहरुले आफुलाई नक्कली भारु तारणी प्रसादले दिएको बयान दिए र प्रहरीले तारणीलाई पनि पक्राउ गर्‍यो । तर उनले पनि मुख्य एजेन्ट वैद्यनाथ भएको बयान दिएपछि प्रहरी वैद्यनाथको खोजीमा लाग्यो ।

सिराहामा रहेका वैद्यनाथ पनि प्रहरीको फन्दामा परेपछि कारागारमै नक्कली भारु कारोवारको योजना बनेको रहस्य खुलेको हो ।

नक्कली डलर पनि भेटियो

पाकिस्तानबाट ३६ लाख नक्कली भारु बोकेर आएकी पाकिस्तानी महिला साहामा नाज पनि पक्राउ परेकी छिन् । उनको साथ १९ हजार ५ सय नक्कली डलर समेत बरामद भएको छ ।

साहामा पनि वैद्यनाथकै लागि नक्कली भारु र नक्कली डलर बोकेर नेपाल आइपुगेको विशेष ब्युरोका डिआइजी बमबहादुर भण्डारीले बताए । नेपालमा पहिले पटक यति ठुलो परिमाणमा पि्रन्टेड नक्कली डलर पनि भेटिएको डिआइजी भण्डारीको दावी छ ।

‘यी महिलालाई नक्कली भारु र नक्कली डलर पठाउने समुह एउटै भएको पाइएकेा छ,’ डिआइजी भण्डारीले भने, ‘नक्कली डलरको कारोवार गर्ने समुहले पहिले नै नमुना बजारमा पठाएर धन्दा सुरु गरेको देखिन्छ । तर यसले हामीलाई पनि गम्भिर बनाएको छ ।’

डलर र भारु दुवै नेपाली बजारको लागि

प्रहरीले पछिल्लो समय बरामद गरेको करिब ५५ लाख नक्कली भारु र १९ हजार ५ सय नक्कली डलर नेपाली बजारको लागि आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । विशेष ब्युरोका डिआइजी भण्डारीका अनुसार वैद्यनाथ गुप्ता नक्कली भारु नेपाली बजारमै विक्रि गर्न सक्रिय व्यक्ति हुन् ।

एक लाख नक्कली भारुको ३० हजार सक्कली र १ सय नक्कली डलरको ३० सक्कली डलर बुझाउने सर्तमा गुप्ताले यो धन्दा चलाइरहेको डिआइजी भण्डारीले बताए ।

नक्कली भारु विक्रि भएर आएको पैसा हुण्डीमार्फत कराँची पठाउने गरेको पनि खुलेको छ । जाली नोट तस्करीलाई हुण्डीमार्फत पैसा पठाउने गरेको आरोपमा गुल्मीका सनद प्रधान पनि पक्राउ परेका छन् । प्रधानले नक्कली भारु विक्रि गरेर आएको पैसा हुण्डीमार्फत कराँची पठाइदिएवापत १० लाख नक्कली भारु लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment