Comments Add Comment

अवैध सम्बन्ध राखेको भन्दै भाइ र श्रीमतीको हत्या

hatya११ जेठ, रूपन्देही । रूपन्देहीमा दुर्इ जनाको हत्या भएको छ । गए राति दयानगर ५ चिल्हियामा ४५ वर्षीय कृष्णा पोखरेल र ४८ वर्षीय चन्द्रकान्त पोखरेलको हत्या भएको हो । उनीहरू देवर भाउजू नाताका हुन् ।

आफ्नी श्रीमती र भाईबीच अनैतिक सम्बन्ध रहेको भन्दै दयानगर ५ चिल्हियाका ५८ वर्षिय बलराम पोखरेलले उनीहरूको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इट्टा प्रहार गरेर हत्या गरिएको पाइएको छ ।

बलरामले सोमबार राति आफ्नै घरमा ईट्टा प्रहार गरी गम्भीर घाइते बनाएकोमा उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले अनलाइनखबरलाई जानकारी दिए।

प्रहरीले तीनैजना मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको जनाएको छ। प्रहरीले हत्यामा संलग्न बलरामलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरेको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment