Comments Add Comment

ग्यास अध्ययन गर्न जापानी टोली नेपालमा

Gass khani  (5)
फाइफ फोटो

१२ जेठ, काठमाडौं । ठूला अपार्टमेन्ट तथा होटलमा पाइपलाइबाट ग्यास आपूर्ति गर्ने विषयमा दुई सदस्यीय जापानीज विज्ञको टोली नेपाल आइपुगेका छन् ।

स्वतन्त्ररुपमा आएका जापानिज विज्ञ टोलीले पछिल्लो तीन दिनदेखि नेपालको विभिन्न स्थानमा अध्ययन गर्ने आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार स्वतन्त्ररुपमा आएको टोलीले साल्ट ट्रेडिङ कर्पोरेसन र निगमसँग छलपल गरेर ठूला अर्पाटमेन्ट तथा होटलमा सिलिन्डररहित खाना पकाउने ग्यास आपूर्ति गर्ने विषयमा अध्ययन गरिरहेको छ ।

एउटा अपार्टमेन्ट र होटलमा सयौं सिलिन्डर प्रयोगमा ल्याउनुभन्दा पाइपलाइनबाट सुरक्षित रुपमा ग्यासको आपूर्ति र प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा टोलीले अध्ययन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment