Comments Add Comment

चिनियाँ रेल २०२० सम्ममा नेपाल आइपुग्ने

Chinese-Train-to-Nepal१२ जेठ, काठमाडौं । चीनको रेल आउँदो सन् २०२० सम्ममा नेपाल आइपुग्ने चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले मंगलबार जनाएको छ ।

सो अवधिमा रसुवागढीसम्म रेलमार्ग पुग्ने र त्यसपछि काठमाडौं जोड्न सजिलो हुने सो पत्रिकामा चिनियाँ पक्षको अपेक्षा भन्दै प्रकाशित एक आलेखमा विश्लेषण गरिएको आजको नेपाल समाचारपत्र दैनिकले जनाएको छ ।

काठमाडौं जोडिएपछि रेलमार्ग वीरगन्ज लगिने र भारतको विहार क्षेत्रमा चीनसँगको व्यापारिक कारोबार पनि सजिलो हुने पनि सो आलेखमा उल्लेख गरिएको छ ।

अहिले कोलकता हुँदै भइरहेको व्यापारभन्दा बिहारीका लागि वीरगन्ज हुन्दै गरिने व्यपार सहज हुनेसमेत उक्त आलेखमा उल्लेख छ ।

उक्त आलेखलाई उदृत गर्दै भारतका सञ्चारमाध्यमले समेत सोसम्बन्धी समाचारको व्यापक प्रचारप्रसार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment