Comments Add Comment

ओलीविरुद्ध नेपाल-खनाल पक्षको भेला

jhalanath,-kp-and-madhav१२ जेठ, काठमाडौं । केपी ओलीको नेतृत्वमा सरकार बनेको आठ महिना पनि बित्न नपाउँदै उनकै पार्टी एमालेभित्र संगठित असन्तुष्टिका स्वर चर्किन थालेका छन् ।

पार्टीका दुई वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले आफू पक्षधर नेताकार्यकर्ताको भेला गरेका आजको अन्नपूर्णले जनाएको छ ।

पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले सररल्लाहका लागि कुनै उपयुक्त फोरम नदिएको भन्दै उनीहरले दुईदिलने भेला आयोजना गरेका हुन् । भेला मंगलबार सुरु भई बुधबार सकिदैँछ ।

नेपाल खनानल पक्षले आगमी दसौं महाधिवेशनका लािग अध्यक्षको उम्मेदवारको रुपमा नेपाललाई अगाडि सारेको छ ।

ओली पक्षले यस्तो भेला गर्न र आफ्नो समूह बलियो बनाउन मदन भण्डारी प्रतिष्ठान र नेपाल पक्षले मदन भण्डारी अध्ययन केन्द्रलाई व्यानर बनाउँदै आएका छन् ।

नेपाल पक्षले पनि यस अघि ओली पक्षले जस्तै गरी देशभरीबाट भेलामा सहभागि बोलाएको छ । मदन आश्रितको २३ औ  स्मृति दिवसको सन्दर्भ पारेर ‘संविधान कार्यन्वयन राष्ट्र र पार्टी निर्माण’बिषयक नाम दिएको यस भेलामा देशका सबै जिल्लाबाट प्रतिनिधित्व गराइएको छ।

जिल्ला कार्यसमितिमा आफनो पक्षको अध्यक्ष त्यो नभए पदाधकारी र त्यो पनि नभए सदस्यलाई प्रतिनिधित्व गराइएको छ । सबै गरेर चार सया भन्दा बढीको सहभागिता रहेको यस भेलामा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय समितिका सदस्य, सांसद, जनर्गीय संगठनक ३ पदाधिकारी, लगायतका सहभागिता रहेको छ ।

यस्ता भेललाई लिएर यस भन्दा अघिल्लो बैठकमा नेताहरुले कुरा उठाए पछि तीनलाई पार्टीको मञ्चमा परिणत गर्ने र केही कुरा भन्न परे पार्टीले नै आयोजना गर्ने सहमति भएको थियो। तर बरिष्ठ नेता नेपालले त्यस्तो कुनै फोरम नपाएकेले कुरा सुन्न र पार्टीलाई सृदृढ बनाउन यस्तो भेला आयोजना गरेको बताए ।

भेलामा संबोधन गर्दै बरिष्ठ नेता नेपालले पार्टीके दशौ महाधिबेशनलाई प्रभाव पार्नका लागि एकलौटी तरिकाले जथाभावी पार्टी सदस्यता बितरण गर्न लागेको आरोप लगाए ।

‘मनपरि र अपारदर्शी ढंगले पार्टी सदस्यता बाँडने काम भएको छ, कसैसँग सरल्लाह गरिएको छैन’नेपालले भने । नेपालले माओवादीमा समेत अहिले नौ जनाको हेडक्वाटर भएकोमा आफनो पार्टीमा केही नेताहरुबीच नै सहमति हुन छोडेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment