Comments Add Comment

गर्भावस्थामा शौन्दर्य सामाग्रीको प्रयोग हानिकारक

pregenentयदि तपाइँ आमा बन्दै हुनुहुन्छ भने कृपया ध्यान दिनुस् । गर्भावस्थाको बेला व्यक्तिगत सौन्दर्य प्रशाधनका सामाग्रीहरु अर्थात् कस्मेटिक सामानहरुको प्रयोगले गर्भको बच्चामा असर पूराउन सक्छ ।

गर्भवती महिलाले विभिन्न खाले साबुन, लोसन लगायतका कस्मेटिक सामानहरुको प्रयोग गर्दा त्यसले गर्भको शिशुको प्रजनन प्रणालीमा नकारात्मक असर पूराउने अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार जो गर्भवती महिला अत्यधिक कस्मेटिकका सामान प्रयोग गर्दछिन् उनका प्रसव सम्बन्धी विभिन्न समस्याका साथै जन्मिने बच्चामा पनि विभिन्न समस्या देखा पर्दछन् ।

खासरी बुटयुल पाराबेन नामक रसायनको स्तर बढि भएका कस्मेटिक्स सामानको प्रयोगले समय भन्दा छिटो बच्चा जन्मिने, नवजान शिशुको वजन सामान्य भन्दा बढि हुने तथा नवजात शिशुको लम्बाइ कम हुने जस्ता समस्या देखा पर्दछन् । बुटयुल पाराबेन तत्व सामान्यतया कस्मेटिक सामानलाई बिगि्रनबाट बचाउन प्रयोग गरिन्छ ।

अमेरिकाको न्युयोर्कको सनी डाउनसाइड मेडिकल सेन्टरकी शोधकर्ता लौरा गीर भन्छिन् साबुनमा अधिक मात्रामा एन्टीमाइक्रोबियल यौगिक ट्राइक्लोकार्बन अधिक मात्रामा मिसाइएको हुन्छ । यो रसायनका कारण गर्भवती महिलामा समय पूर्व प्रसवको समस्या देखिन सक्दछ । त्यस्तै लोसनहरुमा प्रोपेल नामक रसायन बढि मिसाइएको हुन्छ । यसले नवजात शिशको लम्बाइ कम गरिदिन्छ ।

हर्जाड्स मेटेरिएल्स जर्नलमा प्रकाशित शोध अनुसार एन्डोक्राइन ग्रन्थीमा असर पार्ने खालका यस्ता रसायनहरुले पशु तथा मानिसमा विभिन्न खाले प्रजनन सम्बन्धी समस्याहरु पैदा हुन्छन् । त्यसैले गर्भवती महिलाले गर्भको शिशुलाई सुरक्षित र स्वस्थ राख्नका लागि गर्भावस्थामा शौन्दर्य प्रशाधनका सामानहरुको प्रयोग नगर्नु नै राम्रो हुने सुझाव शोधकर्ताको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment