Comments Add Comment

श्रीमतीसँग सम्बन्ध बिग्रियो भन्नेहरुलाई राजेशको जवाफ

Rajesh and nadhu (2)

काठमाडौं । श्रीमतीसँग सम्बन्ध बिग्रियो भन्दै हल्ला गर्नेहरुलाई अभिनेता राजेश हमालले कुटनीतिक जवाफ दिन सुरु गरेका छन् ।

राजेश हमालको वैवाहिक सम्बन्ध कस्तो होला ? यो उनको नितान्त पारिवारिक विषय हो । उनको परिवारका सदस्य बाहेक अरुलाई उनीहरुको सम्बन्ध वारे जानकारी नहुन सक्छ । तर, नेपालका केही संचारमाध्यमले पत्नी मधु भट्टराईसँग राजेशको सम्बन्ध टु्ट्यो भन्न समेत बाँकी राखेका छैनन् ।

हमालले अहिलेसम्म मुख खोलेका छैनन् । तर, आफ्नो र श्रीमतिको सम्बन्ध बिग्रियो भनेर लेख्नेहरुलाई भने पुग्ने गरी जवाफ दिएका छन् । श्रीमतिसाग सम्बन्ध बिग्रियो भनेर केही मिडियामा समाचार आए लगत्तै उनले श्रीमतिसँग रेष्टुरेन्टमा बसेको तस्वीर सार्वजनिक गरेका थिए ।

लगत्तै उनको श्रीमती मधुसँगै घुमेको केही तस्वीर पोष्ट गरेका छन् । गत साता मात्रै अमेरिकावाट फर्केका हमालले फेसबुकमा स्टाटस लेख्दै मधु र आफुले विवाहको दोस्रो वर्ष गाँठ मनाएको उल्लेख गरेका छन् ।

Rajesh and nadhu (1) Rajesh and nadhu (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment