Comments Add Comment

भिडियोमा मोर्डन युवतिले पैसा कमाउने तरिका

Bijaya and Richa Thapa  (5)काठमाडौ । तस्वीरमा देखिएका ब्यक्ति हुन् बिजय थापा र ऋचा थापा । यी दुबै म्यूजिक भिडियोमा ब्यस्त मोडल मानिन्छन् । १५ सय भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरेका बिजयले यसपाली फरक भिडियो बनाएको दाबी गरे ।

उक्त भिडियोमा बिजयले सोझो गाउँले पात्रको भूमिका निर्वाह गरेका छन् भने ऋचा मोर्डन युवतिको रुपमा प्रस्तुत भएकी छिन् ।

शहरमा आइसकेपछि केटाहरुको जीवनशैलि परिवर्तन हुन समय लागेको तर, युवतिहरुले चाँडै प्रगति गरेको प्रसंग भिडियोमा प्रस्तुत गरेको बिजयले बताए । बिजय स्वंयको निर्देशन रहेको उक्त भिडियोमा विजयले भने गाउँको सोझो केटाको भूमिका निर्वाह गरेका छन् ।

सोझो केटा बनेर हट युवतीको छेउमा उभिँदा कस्तो लाग्यो ? बिजय भन्छन् ‘ऋचा जीसँग मैले १५ भन्दा बढी भिडियोमा काम गरिसकेको छु, उहाँसँग काम गर्दा रमाइलै हुन्छ ।’

ऋचाको डान्स र अभिनयवाट प्रभावित बिजयले यो भिडियो पनि दर्शकलाई मन पर्ने दाबी गरे । १५ वर्षदेखि अभिनयमा सक्रिय बिजयले पाँचसय भिडियोको निर्देशन गरेका छन् ।

Bijaya and Richa Thapa  (1) Bijaya and Richa Thapa  (2) Bijaya and Richa Thapa  (3) Bijaya and Richa Thapa  (4) Bijaya and Richa Thapa  (6) Bijaya and Richa Thapa  (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment