Comments Add Comment

‘ड्रिम्स’ खेलेपछि ५ लाख माग्न थालिछन् साम्राज्ञीले

samragyi rajya laxmi
सबैलाई थाहा छ नेपाली चलचित्रमा अहिले नायक-नायिकाको अभाव छ । चलचित्र बजारमा धेरै अनुहार त छन् तर निर्माताले चलचित्र बनाउन खोज्दा कमै मात्र पाउँछन् ।

यसैले पनि होला कसैको माग बजारमा हुने वित्तिकै निर्माता त्यसैको पछि लाग्छन् । अहिले ‘ड्रिम्स’ चलचित्रबाट डेब्यू गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि अवस्था उस्तै छ । उनको हातमा स्त्रिmप्टको ताती छ । तर, उनले यहि चलचित्र गर्छिन् भन्न सकिने अवस्था छैन ।

साम्राज्ञी चलचित्रको अफर प्रशस्त आउन थालेपछि महंगी भएकी छिन् । वुझिएअनुसार अहिले साम्राज्ञी एउटा चलचित्रका लागि ५ लाखसम्म डिमाण्ड गर्दैछिन् । केही निर्माता त उनलाई यति रकम दिन तयार पनि छन् । साम्राज्ञीले पहिरनदेखि अन्य विभिन्न कुरामा खर्च हुने भन्दै ५ लाख मागेको केही निर्माता बताउँछन् ।

निलु डोमा शेर्पा, रमेश उप्रेती, झरना थापा लगायतका चलचित्रमा साम्राज्ञीलाई नायिका बनाउन प्रस्ताव गरिएको छ । विकास आचार्यले बनाउन लागेको चलचित्र ‘समर लभ’मा पनि उनलाई लिने कुरा थियो । तर, उनले अन्य चलचित्र खेल्ने तयारी थालेपछि विकल्प खोज्न थालिएको छ । निर्माता छविराज ओझाका छोरा साकार ओझा यी सुन्दरीलाई लिएर चलचित्र निर्देशनमा डेब्यू गर्न खोज्दैछन् ।

पहिलो चलचित्र हिट भएपनि दोश्रो चलचित्रको असफलताले कलाकारलाई ठूलो झट्का दिएको देखिन्छ । साम्राज्ञी यो बाट बच्न सक्छिन् या सक्दिनन्, हेर्न बाँकी छ । तर, नेपालका चल्तीका नायिकाले समेत नमागेको रकम साम्राज्ञीले माग्न थालेपछि, उनलाई ‘डि्रम्स’ सफलताले कतिसम्म छोएछ भन्ने प्रष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment