Comments Add Comment

माउरिन्हो, ग्वार्डिओला, कोन्टे र क्लोपः को सफल होला ?

Mourinho,Conte,Guardiola and Klopp

१२ जेठ, काठमाडौं । जोजे माउरिन्होले म्यानचेष्टर युनाइटेडको प्रशिक्षक नियुक्त भएपछि आगामी सिजन प्रिमियर लिग सुपरस्टार म्यानेजरहरुको घर हुनेछ ।

युनाइटेडसँगै चेल्सी, म्यानचेष्टर सिटीमा अर्को सिजन नयाँ म्यानेजरहरु हुनेछन् । मोउरिन्हो औपचारिक नियुक्तिको पर्खाइमा छन् भने एन्टोनिओ कोन्टे स्टामफोर्ड ब्रिज र पेप ग्वार्डिओला इत्तेहादको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने निश्चित भइसकेको छ ।

जर्गेन क्लोपले गत अक्टोबरदेखि लिभरपुल सम्हाल्दै आएका छन् । आर्सनलमा प्रशिक्षक आर्सेन वेंगर र टोटनहृयाममा मारिसिओ पोसेटिनो पनि अर्को सिजन अझ राम्रो गर्ने प्रयासमा हुनेछन् ।

उसो भए अर्को सिजन पि्रमियर लिगमा कसको भिजन सफल होला त ?

एन्टोनिओ कोन्टे

Antonio-Conte

खेलाडी होस् वा प्रशिक्षकका रुपमा ४६ वर्षका इटालियन कोन्टेको घरेलु र अन्तराष्ट्रिय अनुभवलाई हेरेर चेल्सीले उनलाई रोजेको छ । उनले मिडफिल्डरका रुपमा युभेन्टसबाट पाँच पटक इटालियन सिरिएको उपाधि जिते ।

सन् १९९६ मा यूइएफए र च्याम्पिम्पियन लिग जित्दा पनि उनी टोलीमा थिए । प्रशिक्षकका रुपमा भने उनले युभेन्टसलाई तीन पटक घरेलु उपाधि दिलाए ।  उनी गम्भीर स्वभावका प्रशिक्षक हुन् र, उनको दाबी छ कि यो सिजन चेल्सीले जुन संघर्ष गर्नुपर्‍यो, त्यसलाई परिर्वतन गर्ने टुल आफूसँग छ ।

पेप ग्वार्डिओला

pep-guardiola

ग्वार्डिओला युरोपका सेलिब्रेटी र प्रतिष्ठित प्रशिक्षक हुन्, शायद विश्वकै पनि । उनलाई यति आदर गर्नेहरु पनि छन् कि आर्दश पिता पनि भन्छन्, खागसरी बार्सिलोनामा रहँदा उनले जे गरे, त्यसका लागि ।

बार्सिलोनाको प्रशिक्षकका रुपमा उनले २००८/०९मा च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको उपाधि जिते । उनले बार्सिलोनालाई २०११ मा फेरि च्याम्पियन्स लिगको उपाधि दिलाए ।

पूर्व मिडफिल्डर समेत रहेका उनले १९९२ मा बार्सिलोनाको खेलाडीका रुपमा युरोपियन कप समेत जिते । बार्सिलोना छाडेपछि उनी जर्मन क्लब बार्यन म्युनिख गए । तर, त्यहाँ उनी च्याम्पियन्स लिग जिताउन असफल भए । यद्यपि लगातार घरेलु लिग भने जिते ।

जर्गेन क्लोप

Jurgen-Klopp

४८ वर्षका क्लोपलाई महान प्रेरक र क्लबमा कायापटल गर्न सक्ने व्यक्तिका रुपमा लिइन्छ ।  उनले सुरुमा मेन्जमा यस्तै गरेर देखाए । उनले क्लबलाई बुन्डेजलिगामा ल्याएका थिए ।

बोरुसिया डर्टमुन्डमा त उनी निकै सफल रहे । २००८ मा क्लबको सम्हालेका उनले बार्यन म्युनिखको दबदबा तोड्दै २०१०/११ र २०११/१२ मा लिग जिताए । डर्टमुन्ड युरोपको प्रभावपशाली क्लब बन्यो । यद्यपि २०१३ को च्याम्पियन्स लिगको फाइनलमा बार्यन म्युनिखसँग पराजित हुन पुग्यो ।

प्रतिष्ठित प्रशिक्षकका रुपमा लिभरपुलले उनलाई गत अक्टोबरमा भित्र्यायो । उनको प्रशिक्षणमा लिभुपरल लिग कप र युरोपाको फाइनलमा पनि पुग्यो । तर, दुबैमा पराजित हुन पुगेको छ ।

जोजे माउरिन्हो

Jose-Mourinho

माउरिन्हो आफैं आफूलाई स्पेशल वान भन्छन् । खेलाडीका रुपमा उनको बाडोटाडा हेर्ने हो भने खासै सफल होइननु् । तर, प्रशिक्षकका रुपमा जे गरे, त्यो भने तारिफ गोग्य छ र उनी सफल प्रशिक्षक हुुन् ।

पोर्टोबाट च्याम्पियन्स लिग जितेपछि उनी २००४ मा चेल्सी आए र दुई पटक लिग जिते । पोर्टोमा उनले ठूलो लगानी बिना नै च्याम्पियन्स लिग जिताएका थिए, जसका कारण पनि म्यानचेष्टर युनाइटेड अहिले आकषिर्त भएको हुनुपर्छ । इन्टर मिलान, रियल मड्रिड सम्हालिसकेका फेरि चेल्सीमा आए र लिग जिताए ।

तर, गत सिजन चेल्सी निकै खराव अवस्थाबाट जुग्रियो र बर्खास्तीमा परे । तर, उनी अब ओल्ड ट्रार्फडको यात्राको तयारीमा छन् ।

यसरी हेर्दा आगामी सिजन को सफल होला भन्ने यस्तै भन्न सजिलो छैन । किनभने उनीहरुले प्रशिक्षक भएपछि भित्र्याउने खेलाडीदेखि विपक्षी टिममा समेत भर पर्छ ।

तर, एक समय ला लिगामा बार्सिलोना र रियल मड्रिडबीच देखिएको प्रतिस्पर्धाका दुई रणनीतिकार पेप ग्वार्डिओला र जेजे माउरिन्हो नै मुख्य प्रतिस्पर्धी हुन् भन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment