Comments Add Comment

वरिष्ठ संगीतकार अम्बर गुरुङलाई प्रहरीको सम्मान, ५ लाख प्रदान

Ambar-Gurung

१२ जेठ, काठमाडौं । नेपाल प्रहरीले वरिष्ठ संगीतकार अम्बर गुरूङलाई नगद ५ लाखसहित सम्मान गरेको छ । बुढानिलकण्ठ नगरपालिका–६ स्थित उहाँकै निवासमा पुगेर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गुरुङलाई नगद ५ लाखसहित सम्मानपत्र प्रदान गरे ।

गुरुङले नेपाली संगीत क्षेत्रमा योगदानको तुलना हुन नसक्ने भन्दै प्रहरी महानिरीक्षक अर्यालले उनको पूर्ण स्वास्थ्य लाभको कामना गरे । उनले गुरुङ र उनको परिवारलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न नेपाल प्रहरी तत्पर रहेको बताए ।

गुरूङ राष्ट्रिय गानका समेत संगीतकार हुन् । विगत लामो समयदेखि आफ्नो निरन्तर साधनाको माध्यमबाट नेपाली संगीतको क्षेत्रमा बिशेष योगदान दिई विभिन्न गीतिनाटक तथा कालजयी गीतहरुमा संगीत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment