Comments Add Comment

बाबुरामले भने- सुरक्षाकर्मी मैले मागेको होइन, नियम विपरित भए फिर्ता लैजाऊ

Baburam-bhattrai

१२ जेठ, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो सुरक्षार्थी खटिएका सुरक्षाकर्मीहरु आफूले मागेर नभई सरकारले नै उपलब्ध गराएको बताएका छन् ।

भटु्टराईको निजी सचिवालयले बुधबार विज्ञप्ति जारी गरी यति संख्यामा सुरक्षाकर्मी चाहन्छ भनेर भट्टराईले नमागेको बताएको छ । साथै भट्टराईले हालै मात्र मुख्य सचिवलाई नियम अनुसार मात्र आफूलाई सुरक्षा प्रदान गर्न आग्रह गरेको विज्ञप्तीमा उल्लेख छ ।

गत असोजदेखि भट्टराईले अगुवा र पछुवा गाडी समेत प्रयोग गरेका छैनन् । सचिवालयका अनुसार भट्टराईले आफ्नै गाडीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक एक जना सुरक्षा अधिकृत मात्र लिएर हिड्ने गरेका छन् ।

पूर्व प्रधानमन्त्री भट्टराईको सचिवालयले भनेको छ, सरकारको निर्णय र नियम सिवपरित सुरक्षाकर्मी खटाइएको भए तत्काल फिर्ता गरी नियम अनुसार मात्रै सुरक्षा प्रदान गर्न आग्रह गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment