Comments Add Comment

पुल्चोकको लबिम मलमा इन्डियन टेरेनको शो-रुम

india terrain (5)
११ जेठ, काठमाडौं । पुरूषकाे पहिरनमा परिचित भारतीय ब्राण्ड इन्डियन टेरेनको पहिलो नेपाली शो-रुम ललितपुरको पुल्चोकमा खुलेको छ । लबिम मलमा सोमबारदेखि सञ्चालनमा आएको शो-रुममा ६ देखि १४ वर्षसम्मका बच्चा र युवापुस्ताका लागि फरक-फरक डिजाइन र पहिरन राखिएको छ ।

सर्ट, टिसर्ट, ज्याकेट, पायन्ट, टाउजरदेखि लिएर गलबन्दी, बक्सर, मोजालगायतका उत्पादनमा टेरेनले ख्याति कमाएको छ । क्याजुअलसँगै स्पोर्ट पहिरन पनि कम्पनीले उत्पादन गर्ने गरेको छ ।

india terrain (1)
भारतमा पुरुष पहिरनमा प्रख्याति कमाएको ब्रान्डलाई नेपालमा आरपी ग्रुपले भित्राएको हो । यसमा कटन र लेननका सर्ट, एभि्रडे पोलोस, रिंकल फ्री चिनोस, भिन्टेज खाकिजलगायतका कलेक्सन छन् ।

सोरुम उद्घाटनको अवसरमा इन्डियन टेरेनका प्रमुख सञ्चालक अधिकृत अभिताभ सुरीले नेपाली बजारमा इन्डियन टेरेनको उपस्थितिले यसको वृद्धि अझ बढ्ने बताए ।

आरपी ग्रुपका अध्यक्ष रुपेश पाण्डेले नेपालका युवा पुस्तामाझ इन्डियन टेरेनका उत्पादन लोकप्रिय हुने बताए ।

india terrain (2)
india terrain (3)
india terrain (4)
india terrain (6)
india terrain (7)
india terrain (8)
india terrain (9)
india terrain (10)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment