Comments Add Comment

स्थानीय चुनावबारे कांग्रेसमा छलफल सुरु

Dauba-and-Ram chandra

१२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनबारे छलफल सुरु गरेको छ । सरकारले मंसिरभित्र अन्तरिम स्थानीय निकायको चुनाव गर्ने घोषणा गरेपछि कांग्रेसले आन्तरिक छलफल थालेको हो ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा गरेको छलफलमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादवका साथै नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, महेश आचार्य, बालकृष्ण खाण र डा. प्रकाशरण महत उपस्थित थिए । 

बैठकपछि नेता पौडेलले स्थानीय निकायको निर्वाचनका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रारम्भिक चरणको छलफल मात्र भएको बताए ।

बैठकमा नेताहरुले सरकारले निर्वाचन गर्ने प्रयोजनले नभइ सस्तो लोकपि्रयताका लागि स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको बताएका छन् ।

कतिपयले मधेसवादी दलहरुले संविधानप्रति असन्तुष्टि जाहेर गरी आन्दोलन गरिरहेको अवस्थामा स्थानीय निकायको निर्वाचन सम्भव नै नरहेको धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment