Comments Add Comment

एनसेलको दैनिक अनलिमिटेड डेटा रोमिङ प्याक आयो

axiata-and-ncell
१२ जेठ, काठमाडौं । एनसेलले एक्जियटा गु्रप नेटवर्कभित्रका देशहरुमा भ्रमण गर्ने आफ्ना ग्राकहहरुका लागि दैनिक अनलिमिटेड डेटा रोमिङ प्याक ल्याएको छ ।

बिहिबारदेखि लागू हुने योजना अन्र्तगत ग्राहकले बाङ्लादेश, क्याम्बोडिया, मलेसिया र श्रीलंका भ्रमणको समयमा करसहित १५ सय रुपैयाँमा प्याक खरिद गरी दैनिक अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन् ।

यो योजना अन्र्तगत ग्राकहले प्रत्येक दिन स्वत सुचारु हुने दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक वा प्रत्येक दिन आफैंले किन्न पर्ने प्याक प्रगोग गर्न सक्छन् । स्वतः सुचारु हुने प्याक खरिद गरेपछि भ्रमण अवधिभरि सहजै डेटा सेवा प्रयोग गर्न सक्नेछन् । अर्को प्याक भने आफ्नो आवश्यकता अनुसार दैनिक रुपमा खरिद गर्न पर्ने एनसेलले जनाएको छ ।

प्याक खरिद गर्नका लागि ग्राहकले पहिला स्टार १७१२७ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार रोमिङ् सेवा सुचारु गर्नु पर्दछ । त्यस पश्चात स्टार १७१२९ ह्यास डायल गरी दैनिक रुपमा आफैं सुचारु हुने वा प्रत्येक दिन किन्न पर्ने दैनिक प्याक छान्न सक्छन् ।

यी प्याकका माध्यमबाट दुवै पि्रपेड र पोष्टपेड सेवाका ग्राहकले भ्रमणको बेलामा रोबि एक्जियटा (बाङ्लादेश), स्मार्ट एक्जियटा (क्याम्बोडिया), सेलकम एक्जियटा (मलेसिया) र डायलग एक्जियटा -श्रीलंका) को नेटवर्कमा कनेक्ट भई डेटा सेवामार्फत आफ्ना आफन्तजनसँग सहजै सम्पर्कमा रहन सक्नेछन् ।

एक्जियटा ग्रुप नेटवर्क भित्रका देशहरुको भ्रमणमा रहेका बेलामा तुलनात्मक रुपमा सुलभ शुल्कमा डेटा सेवा प्रगोग गर्न मद्धत गर्ने एनसेलका इन्टरप्राइज निर्देशक प्रणय राज आचार्यले बताए ।

दैनिक प्याक सुचारु गरेपछि २४ घण्टासम्म प्रयोगका लागि समय सीमा हुनेछ । समयावधि सकेपछि, ग्राहकले पुनः प्याक खरिद गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment