Comments Add Comment

अनुदानमा आएको चामल कर्णाली लगिँदै, १० करोड खर्च लाग्ने

rice-store-chamal-godam
१२ जेठ, काठमाडौं । बंगलादेशले अनुदानमा दिएको चामल कर्णालीका चार जिल्ला र बाजुरा जिल्लामा पुर्‍याउन सरकारले १० करोड २३ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

कणर्ालीका हुम्ला, डोल्पा, मुगु र कालीकोटमा  ३० हजार क्वीन्टल तथा बाजुरामा ४ हजार क्वीन्टल अनुदानको चामल ढुवानीका लागि १० करोड २३ लाख ८२ हजार रुपैयाँ खर्च गर्न लागिएको हो ।

बंगलादेशले अनुदानमा दिएको उसिना मोटा चामल नेपाल खाद्य संस्थानको झापाको विर्तामोडस्थित गोदाममा मौज्दात छ । नेपाल खाद्य संस्थानले हुम्लामा १० हजार, डोल्पामा ८ हजार, मुगुमा ७ हजार, कालिकोटमा ५ हजार र बाजुरामा ४ हजार क्वीन्टल चामल ढुवानीका लागि १० करोड ८० लाख रुपैयाँ माग गरेको थियो ।

व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा आपूर्ति मन्त्रालयका सचिव श्रीधरप्रसाद सापकोटाले चामल ढुवानीका लागि नेपाली सेनासँग कुरा भइरहेको बताए । उनले सडक पुगेका स्थानमा गाडी तथा नपुगेका स्थानमा हवाइ मार्ग हुँदै चामल ढुवानी गरिने बताए ।

खँडेरी तथा अनावृष्टिका कारण हुम्लाका २७ वटा, कालिकोटका १३ वटा, मुगुका २४ वटा, डोल्पाका १२ वटा तथा बाजुराका १३ वटा गाविसमा खाद्यान्नको चरम अभाव भएको छ ।

उपभोक्ता हित सम्बन्ध समितिले ढुवानी खर्च नपुगेको भन्दै वषर्ातको समय भएको लगायतका कारण देखाएर ढुवानीको जिम्मेवारीबाट नपन्छिन तथा जतिसक्दो चाँडो चामल ढुवानी गर्न आपूर्ति मन्त्रालय र नेपाल खाद्य संस्थानलाई निर्देशन दिएको छ ।

मितिले बजारमा दैनिक उपभोग्य वस्तुको भाउ आकासिएको भन्दै खुद्रा तहमा मात्र नभइ वस्तु आयातको स्रोत र थोक तहमा अनुगमन गर्न पनि आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment