Comments Add Comment

नाइजेरियामा गोलभेडा संकटकाल

tomato

काठमाडौं । नाइजेरियाको कडूना राज्यमा ‘गोलभेडा संकटकाल’ घोषणा गरिएको छ । टमाटो लिफ माइनर वा टुटा एब्सोलुटा नामक किटाणुका कारण ८० प्रतिशत उत्पादन नष्ट भएको कृषि आयुक्त डेनियल मेगारले बताएका छन् ।

यसले पछिल्लो महिनामा मात्र २०० किसानलाई ५१ लाख डलर नोक्सान भएको छ ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार गोलभेडाको मूल्य पनि बढेको छ । एक बास्केटको मूल्य पछिल्लो तीन महिनामा १.२० डलरबाट बढेर ४० पुगेको छ ।

अधिकारीहरुले अब संकटकाल घोणा गरेका छन् र समस्या समाधानका लागि तीव्र रुपमा आवश्यक कदम चालिनेछ । नाइजेरियाले एक टिमलाई केन्या पनि पठाएको छ, जसले यो किटाणु मार्ने तरिकाबारे जानकारी लिनेछ ।

संयुक्त राष्ट्रसंघका अनुसार कडूना देशको उत्तरी भागको र त्यहाँ देशकै सबैभन्दा धेरै गोलभेडा उत्पादन हुन्छ । साथै गोलभेडा नाइजेरियाका मानिसहरुको भोजनको महत्वपूर्ण अंश हो ।

तर, उत्पादन कम भएका कारण मूल्य बढेपछि टमाटर शब्द ट्वीटरमा ट्रेन्ड समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment