Comments Add Comment

भारतमा जन्मियो ‘संसारकै सबैभन्दा ठूलो’ शिशु

एक भारतीय महिलाले सम्भवत संसारकै सबैभन्दा ठूलो बच्चालाई जन्म दिएकी छन् । जवजात शिशुको तौल छ महिनाको बच्चाको जत्तिकै छ ।

Big-Baby१९ वर्षकी नन्दनीले हालै छोरीलाई जन्म दिएकी हुन् । उनको छोरीको तौल १५ पाउण्ड अर्थात ६.८ किलो भएको चिकित्सकले बताएका छन् ।

यो नयाँ रेकर्ड भएको अनुमान गरिएको छ । यसअघि संसारकै सबैभन्दा ठूलो बच्चा कारिसा रस्कोकको नाममा छ । २०१४ मा जन्मिएकी उनको जन्मिँदा उनको तौल साढे ६ किलो थियो । डा. वेंकटेश राजूले भने, २५ वर्ष लामो मेरो करियरमा मैले यति ठूलो बच्चा देखेको थिइनँ ।

बच्चाको नाम राखएको छैन । तर, उनको तौलले परिवारसँगै चिकित्सकहरु समेत आश्चर्यमा परेका छन् । नन्दनीको तौल पनि कम थिएन । उनको तौल ९४ केजी छ । र, यो उनको पहिलो सन्तान हो । बच्चा अहिले चिकित्सकहरुको निगरानीमा छ । र, बच्चा र आमा दुबै स्वस्थ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment