Comments Add Comment

भोलि भाडाका सार्वजनिक सवारी चढ्न नपाइने

New Buspark Kathmandu (29)
१२ जेठ, काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक यातायात बन्द नगर्न चेतावनी जारी गरेपनि यातायात मजदुर व्यवसायीले चक्काजामको कार्यक्रम नरोक्ने भएका छन् । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै बिहीबारका लागि चक्काजाम घोषणा गरेका थिए ।
गृहले मंगलबार सार्वजनिक सवारी बन्द गरे कारवाही गर्ने चेतावनीसहित विज्ञप्ति निकालेको थियो । फेरि आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहहित विभिन्न याताव्यवसायी संकर मजदुर संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै बिहीबारको चक्काजामको पुर्वनिर्धारित कार्यक्रम फिर्ता नहुने जनाएका छन् ।

यसअनुसार भोली भाडाका सार्वजनिक सवारी साधनलाई पूर्ण रुपमा बन्द हुनेछन् । निजी सवारी साधनको आवागमनमा भने कुनै अवरोध नगर्ने संगठनहरुले जनाएका छन् । चक्काजाम बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

व्यवसायी र मजदुरले राजमार्गलाई शान्ति तथा बन्दमुक्त क्षेत्र घोषणा गर्न माग गर्ने गरेकोमा यसपटक उनीहरू आफैं बन्दमा उत्रिन लागेका हुन् । यसबाट भाडाका सार्वजनिक सवारी प्रयोगकर्ता नागरिकहरु मर्कामा पर्नेछन् ।

ट्राफिक प्रहरीले नियम नमान्नेविरुद्ध जेठ १ गतेदेखि न्युनतम् ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना लगाउन सक्ने नियम लागू गरेको थियो । जरिवाना बढेपछि त्यसको बिरोधमा चक्काजामको घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment