Comments Add Comment

ग्रान्डी अस्पतालसहित तीन संस्थाको रक्तदान कार्यक्रम

grandie-hospital
१२ जेठ, काठमाडौं । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा संस्थागत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं नयाँ बानेश्वरस्थित स्टायन्डर्ड चार्टर्ड बैंकको केन्द्रीय कार्यालय भवनमा भएको रक्तदान कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंकका ५९ जना कर्मचारीले रक्तदान गरेका थिए ।

ग्रान्डी अस्पतालका तर्फबाट रक्त विशेषज्ञ डाक्टरहरुसहितको नर्सिङ तथा मेडिकल टिमको व्यवस्था मिलाइएको थियो । रक्तदानका लागि आवश्यक सामग्रीहरु ग्रान्डी अस्पताल र नेपाल रेडक्रस सोसाइटीले संयुक्त रुपमा उपलब्ध गराएका थिए भने अन्य व्यवस्थापन स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment