Comments Add Comment

छोरीलाई नायिका बनाएर आफू निर्देशक बन्न चाहन्छिन् करिश्मा, तर समस्या यस्तो..

Karishma Manandhar (1)

नायिका करिश्मा मानन्धरले चलचित्र निर्देशन गर्ने भनेको पनि लामै समय भैसकेको छ । करिश्मा चलचित्र निर्देशन गर्ने सोचमा पनि छिन् । तर, उनलाई पनि कथावस्तुकै समस्या छ । एक भेटमा करिश्माले अनलाइनखबरसँग भनिन्-‘चलचित्र निर्देशन गर्ने भनेको हो । तर, स्त्रिmप्ट नै गतिलो पाएको छैन ।’

नेपालका चर्चित नायिकाहरु निर्देशक भैसकेका छन् भने कोही हुने तयारीमा छन् । करिश्माले पनि अब निर्देशक बनेर नयाँ विधा समाउने तयारी गरेकी छिन् । करिश्माका अनुसार उनी कथावस्तु राम्रो पाएको खण्डमा छोरी कवितलाई नै यो क्षेत्रमा डेब्यू गराउन चाहिन्छन् । उनले छोरीको बिषयमा भनिन्-‘हो कवितालाई पनि नायिका बनाउने सोच हो । तर, कविताले पनि मेन्टेन गर्नुपर्‍यो नि ।’

नायिका बन्नका लागि त्यती सजिलो छैन भन्दै करिश्माले कविताले मेन्टेन नगरेकोमा भने असन्तुष्टी पोखेकी छिन् । करिश्माकी छोरी कविता अहिले अमेरिकामा छिन् । कविताले मेन्टेन गरेको खण्डमा उनलाई नायिका बनाएर आफू निर्देशक बन्ने सोच करिश्माको छ ।

अमेरिकाबाट फर्किएपछि करिश्माले निर्माण गरेको चलचित्र ‘फागू’ असफल भयो । यसैले करिश्माले निर्माण भन्दा निर्देशन विधालाई समात्न लागेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment