Comments Add Comment

ओली सरकारलाई नै निरन्तरता दिनुपर्छः देव गुरुङ

१२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अहिलेको सरकारलाई निरन्तरता दिनु पर्ने बताएका छन् । उनले तत्काल सरकार परिर्वतनको सम्भावना नरहेको समेत सुनाए ।

Dev-gurnungरिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा नेता गुरुङले भने, ‘ सरकार परिवर्तन राष्ट्रिय सहमति भयो भने मात्रै हुने हो । अहिले सम्भावना छैन ।’

उनले माओवादी केन्द्रमा सरकार परिवर्तनबारे कुनै छलफल समेत नभएको स्पष्ट पारे ।

मधेसीसहित आदिवासी जनजातिको माग आधारभूत रुपमा ठीकै भएको भन्दै नेता गुरुङले लचकता अपनाएर त्यसलाई सम्बोधन गर्नु पर्ने बताए ।

उनले भने, ‘आन्दोलनरत र अरु दलको पोजिसन हेर्दा सहमतिको सम्भावना देखिन्छ । त्यसैले अहिले सहमतिका लागि पहल गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment