Comments Add Comment

माधव नेपाल गुटको भेला सकियो, राष्ट्रिय सहमतिमा जोड

ओली पक्ष भन्छ- यो विक्षिप्त मानसिकता हो

madhav nepal
१२ जेठ, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले राजधानीमा दुईदिनसम्म विचार गोष्ठी आयोजना गरेकोमा पार्टीको संस्थापन पक्ष रुष्ट भएको छ । माधव नेपाल पक्षको मदन भण्डारी अध्ययन फाउण्डेसनले मंगलबार र बुधबार राजधानीमा आयोजना गरेको भेलाले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिमा जोड दिने निर्णय गरेको छ ।

हालै एमाले र एमाओवादीवीच सम्पन्न ९ बुँदे समझदारीमा राष्ट्रिय सहमतिमा जोड दिने र त्यस्तो अवस्थामा माओवादी अध्यक्षले सरकारको नेतृत्व गर्ने भनिएका बेला माधव नेपाल पक्षको भेलाले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिमा जोड दिने निर्णय गरेको हो ।

भेलापछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सबै नेपाली नागरिकहरुको एकतावद्ध प्रयत्नले मात्रै संविधानको कार्यान्वयनलाई ग्यारेन्टी गर्ने तथ्यलाई ध्यान दिँदै हामीलाई विभिन्न बाहनामा विभाजित प्रयत्नहरुबाट सतर्क रहन र नेपाली जनताको एकतालाई अझै सुदृढ बनाउन यो राष्ट्रिय कार्यशाला सबैसँग अपील गर्दछ ।’
कार्यशालापछि जारी ‘ब्लु बर्ड घोषणापत्र’ मा भनिएको छ, सबै राजनीतिक पार्टीहरु, खास गरी प्रमुख राजनीतिक पार्टीहरु एकतावद्ध भएर यो संविधानलाई कार्यान्वयन गर्नेक्रममा राष्ट्रिय सहमति गरुन् भन्ने कुरामा यो कार्यशाला जोड दिन चाहन्छ ।’

दुई दिने कार्यशालामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति चर्को आलोचना गर्दै नेताहरुले आन्तरिक लोकतन्त्रमा जोड दिएका छन् । कार्यशालाले तयार पारेको घोषणापत्रमा भनिएको छ, ‘आन्तरिक लोकतन्त्रलाई नेताहरुले नियन्त्रण गर्दा राजनीतिक पार्टीको संस्थागत जीवन कमजोर हुँदैजान्छ, तिनीहरु गुटबन्दीका शिकार हुँदै जान्छन् र मुलुकको नेतृत्व गर्न नसक्ने अवस्थामा पुग्छन् भन्नेतर्फ सबैको ध्यान आकर्षित गर्दै यो कार्यशाला आन्तरिक लोकतन्त्र र संस्थागत जीवन कमजोर हुननदिन सबै राजनीतिक पार्टी र तिनका नेताहरुलाई जोडदार आग्रह गर्दछ ।’

मदन भण्डारी अध्ययन केन्द्रको ब्यानरमा आयोजना गरिएको कार्यक्रमको विशेष पहल पार्टी सचिव योगेश भट्टराईले गरेका थिए । कार्यशालामा माधव नेपाल लगायतका नेताहरु उपस्थित थिए ।

तर, यो कार्यशालालाई केपी ओली पक्षका नेताहरुले भने गुटबन्दीको संज्ञा दिएका छन् । एमाले प्रचार विभागका उपप्रमुख एवं केन्द्रीय सदस्य सूर्य थापाले वीहीबार साँझ बीबीसी नेपाली सेवालाई छोटो प्रतिक्रिया दिँदै यसरी गुटगत भेला गर्नु विक्षिप्त मानसिकताको उपज भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment