Comments Add Comment

संसद बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस गरिने

१३ जेठ, काठमाडौं । सरकाले चालु आर्थिक वर्ष २०७२/७३को मुलुकको समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहित आर्थिक सर्वेक्षण विहीबार संसदमा पेस गर्दैछ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवस्थापिका संसदको बिहीबारको बैठकमा चालू आवको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

सरकारले आगमी आवको बजेट पेस गर्नुपूर्व चालू आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गनुपर्‍योजस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ ।

नेपालको संविधानमा व्यवस्था भएअनुरुप सरकारले आगमी आर्थिक वर्षको बजेट यही जेठ १५ गते प्रस्तुत गर्ने छ ।  अघिल्ला वर्षमा असार मसान्तको सेरोफेरोमा बजेट ल्याउने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment