Comments Add Comment

दुई वर्षका बच्चाको ९ किलोको टाउको

head1यो बालकको तस्वीर देख्दै डरलाग्दो छ । २ वर्षको यो बच्चाको टाउँको यति ठूलो छ की टाउकोको आकार फुटबल जत्रै छ भने तौल चाहीँ सामान्य भन्दा तीन गुणा बढि छ ।

दक्षिणी बंगलादेशमा जन्मिएको इमोन नामको यो बालकको टाउकोमा ठूलो परिमाणमा पानी जमेका कारण टाउको फुलिएर यतिविघ्न ठूलो भएको छ । बच्चाको टाउकोको तौल ९ किलो छ जुन एक वर्षको बच्चाको सम्पूर्ण जिउको तौल बराबर हो ।

असामान्य रुपमा टाउको ठूलो भएका कारण यो बालक हिँडडुल गर्न तथा खुट्टा चलाउन पनि सक्दैन जसका कारण बाबुआमाले उसको हेरचाह गरिरहनु पर्दछ ।

headछोराको उपचारका लागि उसका बाबुआमा धेरै डाक्टरकोमा धाए तर उसको रोग पत्ता लागेन । उनीहरुले आध्यात्मिक उपचार पद्धति नअपनाएका होइनन् तर बिसको उन्नाइस भएको छैन र टाउकोको आकार बढिरह्यो । अन्ततः त्यो बालकलाई हाइड्रोसिफालस नामक रोग भएको पत्ता लाग्यो । जसका कारण खप्परभित्र पानी जम्मा हुन्छ र सोही तरल पदार्थका कारण मस्तिष्कमा दबाब भएर क्षति पुग्दछ ।

डाक्टरहरुले विदेश लगेर उपचार गरेमा मात्र इमोनको उपचार सम्भव रहेको बताएका छन् । तर बच्चाका बुवाआमा छोराको उपचारका लागि विदेश लैजान सक्ने आर्थिक हैसियतमा छैनन् ।

स्मरण रहोस् यसअघि पनि हाइड्रोसिफालस भएर भिमकाय टाउको भएकी एक भारतीय बालिकाको नयाँदिल्लीस्थित अस्पतालमा सफल उपचार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment