Comments Add Comment

सामसुङले ल्यायो आँखाको नानीबाट खुल्ने ट्याबलेट

samsung mobileफिंगरप्रिन्ट स्क्यानर प्रविधिपछि सामसुङले आँखाको नानीको माध्यमबाट खुल्ने ट्याबलेट ल्याएको छ ।

आँखाको आइरिसको पहिचान गरी अनलक हुने यो ट्याबलेटको डिस्प्ले ७ इनचको छ भने र्याम १.५ जिबीको रहेको छ ।

यसमा १.२ गिगाहर्जको प्रोसेसर तथा ८ जिबी मेमोरी रहेको छ । ट्याबको ब्याट्री ३६०० मिलिएम्पिएर आवर क्षमताको रहेको छ ।

ट्याबलेटले प्रयोगकर्ताका दुबै आँखाको आइरिसलाई स्क्यान गरी पासवर्डको रुपमा सुरक्षित गर्दछ र त्यहीँ हिसाबमा डिभाइसलाई लक्ड गर्दछ र सुरक्षित राख्दछ ।

आइरिसलाई दुनियामा सबैभन्दा सुरक्षित पहिचान मानिन्छ । यसलाई अझै सुरक्षित तथा ह्याकिंग प्रतिरोधी बनाउनका लागि सामसुङले सामसुङ नक्स फिचर पनि दिएको छ ।

यो ट्याब विशेषगरी भारतीय सरकार तथा व्यवसायिक समुदायलाई लक्षित गरेर डिजाइन गरिएको सामसुंगले जनाएको छ ।

सामसुंग ग्यालेक्सी ट्याब आइरिसको मूल्य भारतमा २ सय डलर १३ हजार ४९९ भारु तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment