Comments Add Comment

वायु प्रदुषणले हृदयाघातको खतरा

air polutionयदि तपाइँ लामो समयसम्म प्रदुषित वायुको सम्पर्कमा रहनुहुन्छ भने सावधान हुनुहोस् । किनकी वायु प्रदुषणका कारण मानिसमा मुटु सम्बन्धी रोगको जोखिम बढ्दछ ।

एक नयाँ अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । वायु प्रदुषणले मानिसमा रक्तधमनीलाई कडा बनाउने वा अथेरोस्क्लेरसिसको प्रक्रियालाई तिव्र बनाइदिन्छ । रक्तधमनीहरु कडा भएर राम्रोसँग रगत पम्प गर्न नसकेपछि मानिसमा हृदयाघातको खतरा बढ्दछ ।

शोधकर्ताहरुका अनुसार कम प्रदुषित क्षेत्रमा बस्ने मानिसहरुको तुलनामा धेरै प्रदुषित क्षेत्रमा बस्ने मानिसको धमनी बढि कडा हुने गरेको छ ।

युनिभर्सिटी अफ वाशिंटनका प्राध्यापक वा शोधटोलीका प्रमुख जोएल काउफमेन भन्छन् ः यो अध्ययनले हामीलाई नयाँ महत्वपूर्ण जानकारी उपलब्ध गराएको छ की कस्तो प्कारको प्रदुषणले मूख्य जैविक प्रक्रियालाई प्रभावित गर्दछ जुन मुटुसम्बन्धी रोगको कारण बन्दछ ।

हावामा रहेका निकै सुक्ष्म कणहरु अर्थात् २.५ पिएम र सवारी साधनको धुवाँबाट निस्कने नाइट्रोजनका अक्साइड ग्यासले यस्तो खतरा अझै बढाउने शोधकर्ताको भनाइ छ ।

यो निष्कर्षमा पुग्नका लागि शोधकर्ताहरुले अमेरिकाका विभिन्न ६ वटा राज्य तथा ६ हजार मानिसमा १० वर्षसम्म अथेरोस्क्लेरोसिस र वायु प्रदुषणको स्तरबीच तुलनात्मक अध्ययन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment