Comments Add Comment

कास्की सेवा समाज स्पेनको निशुल्क प्राबिधिक तालिम सुरु

बार्सिलोना । कास्की सेबा समाज स्पेनले बालविकास कार्यक्रम अन्तर्गत निशुल्क प्राबिधिक तालिम सुरु गरेको छ । नेपाली समुदायमा रहेका १२ बर्ष देखि माथिका बालबालिका तथा युबाहरुलाई समेटेर प्राबिधिक तालिम सुरु गरेको हो।

tranning in spain_nepaliसमाजले हरेक साता शनिबार दिउसो १ बजे देखि ३ बजे सम्म तालिम सुरु गरेको प्रशिक्षक तथा समाजका उपाध्यक्ष राजेन्द्र कडेलले जानकारी दिए।

मे १४ तारिख देखि सुरु भएको कक्षामा हरेक साता करिब १५ जना बिद्यार्थीहरु सहभागीता जनाईरहेका छन्।

प्रशिक्षक कंडेलले भने,” प्राबिधिक तालिम अन्तर्गत बिद्यार्थीहरुको रुचि अनुसार नै कक्षा संचालन भईरहेको छ,बिशेष त सुरुवातमा माईक्रोसफ्ट अफिस,ग्राफिक्स डिजाईन,वेभ पेज डिजाईन बारे प्रशिक्षण गरिएको छ।”

प्राबिधिक तालिममा लिन  प्रतिदिन बिद्यार्थीहरुको उपस्थिति बढ्दै गएको हुँदा यसलाई निरन्तरता दिई रहने समाजले जनाएको छ। ईच्छुक बिद्यार्थीहरुलाई अझै पनि सहभागी बन्न अबसर रहेको हुँदा सम्पर्कमा आउँन समाजले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment