Comments Add Comment

१५७ बन्दकर्ता पक्राउ, तीनवटा गाडी तोडफोड

BANDA (2)१३ जेठ, काठमाडौं । ट्राफिक जरिवाना रकम बढेको बिरोधमा चक्का जामको आयोजना गरेका व्यवसायीले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् ।

उनीहरुले राजधानीको सुकेधारामा बा १ ज १५९९ नम्बरको ट्याक्सी, टेकुमा ना १ ज ८४१३ नम्बरको टाटासुमो र टेकुमा बा २ ज २००० नम्बरको ट्याक्सी तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । जबर्जस्ति बन्द गराउदै हिड्ने १५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

yatayat bebasai_banda111राजधानीको गौशाला, बालाजु, ललितपुरका विभिन्न स्थानमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । व्यवसायीको बन्दका कारण सर्वसाधारण भने मर्कामा परेका छन् ।

भाडाका सवारी साधान नचल्दा आफ्नो गन्तव्यमा पुग्नेहरुमा हतारो देखिएको छ । निजी सवारी साधन भने निर्वाध रुपमा सञ्चालनमा रहको ट्राफिक प्रहरीले जनाएको छ ।

BANDA (4) BANDA (3) yatayat bebasai banda4 yatayat bebasai banda3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment