Comments Add Comment

लगौंटी लगाउन सलमानलाई लाज लाग्यो

salman sultan (3)मुम्बई । सलमान खानले नयाँ फिल्म ‘सुल्तान’ अनुभव शेयर गर्दै भनेका छन् ‘लगौंटी लगाएर अभिनय गर्दा सार्‍है गार्‍हो भयो ।’

सुल्तानको टे्रलर लञ्चपछि आयोजित कार्यक्रममा निर्देशक अली अब्बास जफर सलमान खान र अनुष्का शर्मा सहभागी थिए । सलमानको भनाई अनुसार सुल्तान बायोपिक फिल्म हैन, पुरै काल्पनि विषय हो ।

सर्ट पाइन्ट लगाएर सुटिङ गर्दा उनलाई सजिलो लाग्छ । असली पहलमानले लगौंटी लगाएर भिडेको देखेका सलमानले पनि लगौंटी लाएर अभिनय गरे । उनलाई निकै लाज लाग्यो ।

लगौंटी लगाएर सुटिङ गरिएको स्थानमा पाँच हजार बढी दर्शक थिए । जब लगौंटी लगाएर उनी क्यामेरा अगाडि प्रस्तुत भए । सबले चिच्याए भाई-भाई भन्दै हुटिङ गरे । उनले सोचे पक्कै केही गड्बड् भयो ।

salman sultan (2)

दर्शक लगातार चिच्याएपछि सलमानले लुंगी बेरे र दर्शकको बिचमा गएर भने ‘प्लीज चिच्याउन बन्द गर्नुस् ।’ सलमान भन्छन् ‘मैले लगौंटीमा अभिनय गरेपछि थाह पाएँ हिरोइनले स्वीमसुट लगाएर अभिनय गर्दा कस्तो अनुभव गर्छन्’ ।

यस चलचित्रमा सलमान र अनुष्का दुबै पहलमानको भुमिका छन् । अनुश्कालाई सोधियो ‘सुटिङको क्रममा कुनै चोट लाग्यो ?’ अनुश्काले भनिन् ‘भगवानको कृपाले केहि भएन ।’

फिल्मका केहि दृष्यमा असली कुस्ती खेल्ने मान्छेसँग भिडेको भन्दै सलमानले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । सुल्तानको तीन मिनेटको टे्रलरमा सलमानले हरियाणाको शैलिमा बोलेका छन् । आफुले क्यामेरा अगाडि मात्रै हरियाणा लवज बोलेको भन्दै अनुश्काले हरियाणाको भाषा सिकेको जानकारी दिए सलमानले ।

salman sultan (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment