Comments Add Comment

चक्काजामले अलपत्र यात्रुका लागि पुलिसको बस सेवा, यस्तो छ रुट

१३ जेठ, काठमाडौं । यातायात व्यवसायीले गरेको चक्काजामका कारण अलपत्र परेका यात्रुहरुका लागि नेपाल प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने भएको छ ।

Nepal-Police-Logoप्रहरीले सार्वसाधारण यात्रुको सुविधाको लागि काठमाडौं उपत्यकाको मूख्य मूख्य चोकलाई आधार बनाएर निःशुल्क बस सञ्चालन गर्न लागेको हो ।

प्रहरीले अलपत्र यात्रुहरुको उद्धारका लागि दुई रुटमा बस सञ्चालन गर्न लागेको हो । पहिलो रुट अनुसार बस प्रहरी प्रधान कार्यालय नक्सालबाट पुतलीसडल, थापाथली, पुल्चोक, जावलाखेल हुँदै एकान्तकुना बल्खु, कालीमाटी, त्रिपुरेश्वर हुँदै पुनः नक्साल आउनेछ ।

त्यस्तै दोस्रो रुट अनुसार नक्सालबाट ज्ञानेश्वर, गौशाला, एयरपोर्ट, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, लाजिम्पाट, महारजगञ्ज, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनः नक्सालमा आउनेछ ।

ट्राफिक प्रहरीले नियम उल्लंघन गरेबापतको जरिवाना बढाएको बिरोधमा यातायात व्यवसायीले देशभर चक्काजाम गरेपछि सार्वजनिक सवारीसाधन चलेका छैनन् । जसका कारण सार्वसाधारण यात्रुले सास्ती ब्यहोर्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment