Comments Add Comment

अभिरुचीको आइटम नृत्य हेर्नुहोस्, गर्न चाहन्थिन् राजेश हमालसँग बिहे

aviruchi budathoki
कुनै समय नायक राजेश हमालसँग बिहे गर्छु भन्दै एक यूवती खुबै चर्चामा थिइन् । उनको नाम हो, अभिरुची बुढाथोकी । जसले राजेश हमाललाई मन पराउने र उनीसँग नै बिहे गर्ने सोच राखेकी थिइन् । तर, समय बदलिएको छ । अभिरुची ठूली भइन् र यो कुरा गर्न छाडिन् । नायक राजेश हमालले बिहे गरेर घरवार बसाइसकेका छन् ।

तर, हमालको प्रेमिका हुँ भन्ने अभिरुची आइटम गर्ल बनिसकेकी छिन् । उनले भोलीबाट प्रदर्शनमा आउने चलचित्र ‘एक्सन’को एक आइटम गीतमा नृत्य गरेकी छिन् ।

यो गीतमा यूवराज चौलागाई र गीता सुनारको स्वर, प्रल्हाद बोगटीको संगीत, डीएसको शब्द छ । ‘चोरी लग्या छ’ बोलको गीतमा अभिरुचीले आकर्षक नृत्य गरेकी छिन् ।

राजु अर्यालले निर्देशन गरेको यो चलचित्रमा शिव श्रेष्ठ, प्रमोद दीप, जेनिशा केसी मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment