Comments Add Comment

जागुदगरको चलचित्रमा विश्वकै होचा कलाकार

Jadugarकाठमाडौँ । जादुगर माहादेब त्रिपाठीले बनाउने चलचित्र ‘जादुगर-२ जोकर’ मा विश्वका होचा कलाकार दिपेन शाहले अभिनय गर्ने भएका छन् । अन्य कलाकारहरुमा सुरेन्द्र केसी (मुलाको साग), शिव शंकर रिजाल (जोकेन्द्र) लगायतका रहेका छन् ।

हाँस्यप्रधान यो चलचित्रमा १४ अंचल ७५ जिल्लाका बालबालिकालाइ अभिनय गराउने दाबी गरे त्रिपाठीले । याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा महादेवको निर्देशन रहने यस चलचित्रको कमलादी गणेश मन्दिरमा शुभ मुर्हुत गरिएको छ ।

गायक आनन्द कार्की, गायिका सुनिता दुलाल, भरत समारी, ध्रुब बिसीको उपस्थितिमा सम्पन्न मुहर्त कार्यक्रममा निर्देशक त्रिपाठीले चलचित्रवारे प्रष्ट्याएका थिए । यस चलचित्रका निर्मातामा राजन उप्रेती, भास्कर श्रेष्ठ, संगीता लामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment