Comments Add Comment

‘म मस्तानी हुन चाहन्न, मलाई बिबाहित पुरुषको घर विगार्नु छैन’: प्रियंका कार्की

Priyanka Karki (5)

पतिसँग डिभोर्स गरेर नेपाल आएपछि नायिका प्रियंका कार्की चलचित्र क्षेत्रमा व्यस्त छिन् । अहिलेकी चर्चित नायिकाको हातमा कार्यक्रम, चलचित्रको कमी छैन ।

गसिप बजारमा सर्वाधिक धेरै रमाउने प्रियंकाले श्रीमान्लाई समय-समयमा मिस त गर्दिरहिछन् । उनले अभिनय गरिरहेको चलचित्र ‘अनागत’ श्रीमान्-श्रीमतिको कथामा आधारित छ । यसैले उनीसँग हामीले श्रीमान् र उनको चाहनाको कुरा गर्‍यौं । तपाई कस्तो समयमा श्रीमान्लाई मिस गर्नुहुन्छ भन्ने प्रश्नमा उनले रमाइलो जवाफ दिइन् ।

उनले भनिन्-‘म श्रीमान्नलाई धेरै मिस गर्दिन । तर, कोही-कोही बेला त हुन्छ । मेरो जन्मदिनमा कसैले सरप्राइज केक काटिदियोस् भन्ने लाग्छ । कसैले लामो यात्रामा लैजाओस् भन्ने हुन्छ ।’
Priyanka Karki (1)
उनी आफू आफैमाथि भरपर्न सक्ने भएको बताउँछिन् । नायिका कार्कीले खुलेरै भनिन्-‘म २८ बर्षको उमेरमा नै एउटा सफलतामा छु । अहिले त मलाई आफू नै आफ्ना  लागि पूर्ण छु जस्तो लाग्छ । कहिलेकाही यो कुराले यूवकमाथि आकर्षण नहोला भन्ने पनि छ । यो कुराले डर लाग्छ ।’

उनले आफूले करोडौ सम्पत्ती भएको पुरुष नचाहिएको बताइन् । उनका अनुसार यो क्षेत्रमा काम गर्ने महिलामाथि सम्मान गर्ने पुरुष उनलाई चाहिएको छ । ‘१-२ महिनामा घर आउँदा पनि कसैले प्रश्न गर्‍यो भने त्यो मलाई मनपर्दैन, मेरो श्रीमान् मलाई वुझ्ने हुनुपर्‍यो’, कार्कीले भनिन् ।
Priyanka Karki (3)
प्रियंकाका अनुसार अहिले प्रविधीले मानिसलाई फराकिलो बनाइदिएको छ । भनिन्-‘एउटै पार्टीमा पुगेका साथीभाई पनि मोबाइलमा अरुसँग च्याट गरिरहेका हुन्छन् । अहिले त श्रीमान्-श्रीमति भएपनि अन्य २-३ जनासँग प्रेम भैरहेको हुन्छ । मुटु साटिएको हुन्छ ।’ अमेरिका बस्दा उनले यस्ता कुरा धेरै देखेकी थिइन् । के यो लत उनलाई पनि लाग्यो त ?

डिभोर्स भैसकेपछि प्रियंका कति जनाको रिलेशनमा रहिन् त । उनले यो कुरालाई फरक तरिकाले जवाफ दिइन् । भनिन्-‘म त पुरानो जमानामा जन्मनु पर्ने यूवती हुँ । मलाई त एउटा जोडी ६५ बर्षको बिहे उत्सव मनाइरहेको देख्दा अचम्म लाग्छ । साच्चै, मलाई यस्तो कुरा बहुतै मनपर्छ ।’

उनका अनुसार एकैचोटी उनले २-३ जनासँग प्रेम गरिनन् । कसैलाई मन पराएर पनि भन्न नसकेको यी सुन्दरीको भनाई छ ।
उनले आफूलाई कसैसँग प्रेममा रहेर ब्रेकअप हुँदा बहुतै डर लाग्ने खुलाइन् । प्रियंकाले भनिन्-‘मलाई हर्ट ब्रेकसँग डर लाग्छ । साथीहरु मेरो शैली देखेर तलाई कसैले प्रस्ताव नै राख्न डराउँछ भन्छन् ।’
Priyanka Karki (6)
प्रियंकासँगको कुराकानीका क्रममा अब बिषय थोरै मोडियो । उनलाई हामीले सोध्यौ, तपाइलाई गोलकिपर भएको पोष्टमा गोल गर्न मन लाग्छ या खाली पोष्टमा ? उनी केही हाँसिन् । उनले प्रश्नको अर्थ वुझेकी थिइन् । तर, पनि हाँस्दै भनिन्-‘गोलकिपर कस्तो देखिन्छ भन्ने हो । म कसैको होम ब्रेकर होइन । यदि, कसैको घर राम्रो चलिरहेको छ भने म बिगार्न चाहन्न । मैले आफूले आफूलाई सम्हाल्नुपर्छ । नत्र भोली दुःख पाउने म आफैले नै हो ।’

चलचित्र ‘बाजिराओ मस्तानी’मा रणवीर सिंहको घर विगार्दै ‘मस्तानी’ बनेकी दीपिका पादुकोण नायकको जीवनमा आउँछिन् । प्रियंकाले भने आफू ‘मस्तानी’ हुन नचाहेको बताइन् । अगाडि थप्दै भनिन्-‘गोलकिपर भएको पोष्ट पर्‍यो भने गोलकिपर कहिले जाला भनेर प्रतिक्षा चै गर्छु ।’ उनको जवाफको अर्थ वुझ्न धेरै समय घोत्लिनु पर्दैन ।

कतै प्रियंका गोलकिपर जाने प्रतिक्षा त गरिरहेकी छैनन् ?Priyanka Karki (2)

तस्बिर : कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment