Comments Add Comment

दूतावासको पहलमा मलेसियाको क्याम्पबाट ८ नेपाली घर फर्किए

Malaysia

अवैधानिक रुपमा काम गरिरहेको अभियोगमा मलेसियामा पक्राउ परेका मध्ये ८ जना नेपालीहरुलाई मंगलवार उद्धार गरी नेपाल पठाईएको छ ।

मलेसियाको केडाहामा रहेको इमिग्रेसन डिपो वेलान्टिकमा रहेका मध्ये आठ जना नेपालीहरुको उद्धार गरिएको हो । नेपाली दुतावास मलेसियाको पहलमा नेपाल सरकार, वैदेशिक रोजगार प्रबर्द्धन बोर्डको सहयोगबाट हवाइटिकट किनेर उनीहरुलाई स्वदेश फर्काइएको हो ।

मंगलवार उद्धार गरिएकाहरुमा रसुवाका कर्मा तामाङ, गोर्खाका विजय गुरुङ र सुक वहादुर गुरुङ, सिन्धुपाल्चोकका वच्चु अधिकारी, सल्यानका नोखि राम डाँगी, भोजपुरका ध्यान वहादुर तामाङ, मकवानपुरका रोशन माझी र कपिलवस्तुका उमाकान्त शर्मा रहेका छन् ।

विशेष गरी अवैधानिकरुपमा काम गरेको अभियोगमा जेल सजाय काटिसकेपछि घरफिर्ती केन्द्रहरुमा स्वदेश फर्किने अनुमतिका साथ स्थानान्तरण गरिएका तर टिकट किन्ने रकम नहुँदा लामो समयसम्म अलपत्रमा परेका परेकाहरुलाई नेपाली दूतावासको पहलमा उद्धार भइरहेको छ ।

हाल सम्म सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोगमा निशुल्क टिकटको व्यवस्था गरी नेपाल फर्काइएको संख्या ५२९ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment