Comments Add Comment

बिदेश पठाउने भन्दै ठगेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

१३ जेठ, काठमाडौं । बिभिन्न मुलुकमा रोजगारीमा पठाइदिने भन्दै पौने करोडभन्दा बढि ठगी गरेर फरार कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Nepal-Police-Logoयुरो एण्ड सी लिङ्क कन्सल्टेन्सी र फ्लाई युरो कन्सल्टेन्सीका सञ्चालकमध्येका एक मकवानपुर नामाटारका २३ बर्षीय रञ्जीत कँडेललाई प्रहरीले पक्राउ गरेको हो ।

उनले रसुवाका खेसम तामाङसहित दुई जनालाई जर्मनी पठाउने, रसुवाकै संगीता तामाङसहित २ जनालाई दक्षिण अफ्रिका पठाउने, कञ्चनपुरका लक्ष्मीप्रसाद बरालसहित ७ जनालाई मौरिसस पठाउने तथा काभ्रेका सुमन सापकोटासहित २ जनालाई न्यूजिल्याण्ड पठाउने भन्दै जम्मा १३ जनाबाट करिव ८० लाख लिएर फरार भएका थिए ।

पीडितको उजुरीको आधारमा प्रहरीको अपराध महाशाखाको टोलीले आरोपी कँडेललाई पक्राउ गरी महानगरीय प्रहरी परिषर पठाएको छ । कँडेलका गिरोहका अन्य सदस्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment