Comments Add Comment

सिड्नी तामाङ समाजको नयाँ कार्यसमिति चयन

Tamang-Samaj-Sydni

सन् २००९ मा स्थापना भई विदेशी भूमीमा नेपाली तामाङ कला संस्कृति संरक्षणमा लागिरहेको ‘तामाङ सोसाईटी सिडनी-एनएसडब्लु’ ले १७ सदस्यीयनयाँ कार्य समितिको चयन गरेको छ।

सिडनीको केन्टबेरीस्थित हलमा सम्पन्न भएको बैठकले नयाँ समितिको चयन गरेको हो। नयाँ समितिको अध्यक्षमा अरुण तामाङ, सह-अध्यक्षमा सुनदोर्ज तामाङ, उपाध्यक्षमा दिल तामाङ र सरस्वती लामा, महासचिवमा किशोर तामाङ, सचिवमा प्रविन पाख्रिन, कोषाध्यक्षमा योन्ज तामाङ र उप-कोषाध्यक्षमा मोबित तामाङ निर्वाचित भएका छन्। केन्द्रीय समितिमा १०सदस्य रहनेछन्। साथै सस्थाको सल्लाहकारको रुपमा नीमा तामाङलाई नियुक्त भएकी छन्।

‘तामाङ सोसाईटी सिडनी-एनएसडब्लु’ले सिडनीमा रहेको तामाङहरूलाई एकीकृत गर्दै सामाजिक, संस्कृति संरक्षण र प्रवर्धन गर्ने कार्य गर्दै आएको छ। नयाँ कार्य समितिले विस्तृत कार्य योजनाहरू समेत बनाउँदै भविष्यमा पहिलो योजना स्वरूप सिडनी र एनएसडब्लुमा रहनु हुने सबै तामाङहरुलाई एकै ठाउँमा ल्याउन प्रयास गर्ने योजना रहेको नव निर्वाचित अध्यक्ष अरुण तामाङले बताए।

त्यसलाई मध्यनजर गर्दै चाँडै नै सबैलाई समेट्ने खालको कार्यक्रमहरू गर्ने योजना रहेको अध्यक्ष तामाङले जानकारी दिए । नयाँ आउने विद्यार्थी देखी लिएर लामो समय देखी सिडनीमा रहेका तामाङहरूलाई समेत समेट्ने र नेपालसँग जोड्ने खालको कार्य विभिन्न अवसर पारेर गर्ने योजना रहेको र नयाँ सदस्यहरू समावेश गर्न विशेष सदस्यता कार्यक्रम समेत सञ्चालन गर्ने योजना रहेको सोसाइटीका नव निर्वाचित महासचिव किशोर तामाङले जानकारी दिए ।

‘‘तामाङ सोसाईटीसिडनी-एनएसडब्लु’ ले  यस अधि पनि विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रम, आर्थिक सहयोग कार्यक्रम, छलफल र अन्तरक्रिया कार्यक्रम गर्दै आएका छ। संस्थाले नेपालमा रहेकाहरुको विशेष गरेर शिक्षा, रोजगारी क्षेत्रमा केन्द्रित कार्यक्रमहरू गर्ने योजना रहेको समेत संस्थाका उपाध्यक्ष दिल तामाङले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment