Comments Add Comment

धुर्मुस सुन्तलीको पुनर्निर्माण अभियानमा सिटी एक्सप्रेसको साथ, साढे १५ लाख प्रदान

City-Express

१३ जेठ, काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘गिरान्चौर एकीकृत नमूना वस्ती’ निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई साढे १५ लाख रहयोग गरेको छ ।

बिहीबार एक कार्यक्रम गरी सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई १५ लाख ५५ हजार ५ सय ५५ सहयोग रकम हस्तान्तरण गरे ।

टण्डनले धुर्मुस-सुन्तलीको सामाजिक कामको प्रशंसा गर्दै सहयोग उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे । उनले भूकम्पपछिको पुनर्निर्माणमा यो अभियान नमूना हुने भन्दै सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

सहयोग रकम ग्रहण गर्दै अभियान्ता धुर्मुसले सिटी एक्सप्रेसको सहयोग गरिानचौरको पुनर्निर्माणका लागि महत्वपूर्ण भएको भन्दै धन्यवाद दिए । उनले त्यहाँ बस्ने नयाँ वस्ती वातावरणमैत्री हुने भन्दै अभियानका लागि अहिलेसम्म ६० लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिए ।

यो अभियान देशको मुहार फेर्ने गरी सुरु गरिएको बताउँदै धुर्मुसले ६५ परिवार व्यवस्थित वस्तीमा बस्न पाउने बताए ।

कार्यक्रममा लोक गायक भगवान भण्डारीले फाउण्डेशनका लागि ५१ हजार रुपैयाँ हस्तातरण गरे । भण्डारीले अभियानमा सबैको सहयोग आवश्यक देखिएको भन्दै यसमा आफू पनि हातेमालो गर्न तयार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment