Comments Add Comment

दुईतर्फी अन्तर्राष्ट्रिय हवाई सिट संख्या ८० लाख पुग्यो

सिनामंगलमा छिट्टै सुविधा सम्पन्न पाँचतारे होटल

NAC Airbus 320
१३ जेठ, काठमाडौं । नेपालमा अहिले दुईवटा स्वदेशी र २६ वटा विदेशी विमान कम्पनीले उडान भरिरहेका छन् । विगत एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय उडानमा दुईतर्फी सिट संख्या १५ लाखले वृद्धि भई ८० लाख पुगेको छ ।

अर्थमन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०७१ पुस मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई सिट ६५ लाख रहेकोमा गत पुसमा बढेर ८० लाख पुगेको हो । आगामी हप्ता हिमालय एयरलाइन्सले नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै छ । यो सँगै नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने विमानको संख्या ३ पुग्नेछ ।

अहिलेसम्म ३८ वटा देशमा द्धिपक्षीय हवाई सेवा सम्झौता भइसकेको छ । अघिल्लो पुसमा हवाई सम्झौता भएको देशको संख्या ३६ रहेको थियो । पर्यटकीय मुलुक नेपालमा उडान भर्न विदेशी विमान कम्पनीको चाहाना बढेसँगै द्धिपक्षीय हवाई सम्झौता गर्ने मुलुकहरु पनि बढिरहेका छन् ।

स्वदेशभित्र उडान भर्ने वायुसेवा कम्पनीको संख्या १७ रहेको छ । मुलुकका विभिन्न जिल्लामा रहेका ३२ वटा विमानस्थलमा आन्तरिक उडान भइरहेको छ । जसमध्ये २२ वटा अन्तरिक विमानस्थलमा सबै मौसममा उडान अवतरण हुन्छ ।

अहिलेसम्म अन्तर्राष्ट्रिय उडानका लागि एउटामात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । वैकल्पिक विमानस्थलका रुपमा भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तिब्र रुपमा भइरहेको छ । यो विमानस्थल २०१८ देखि सञ्चालनमा आउने छ ।

यसैगरी पोखरामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदैछ । यो विमानस्थलको यही वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहबीच शिलन्यास गरिसकेका छन् ।

बाराको निजगढमा पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडि बढेेको छ । आगामी आर्थिक वर्षमा ५ अर्ब बजेट विनियोजना गरेर विमानस्थलको जग्गा अधिग्रहण, रि-सेटलमेन्ट, विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) लगायको काम सकिँदै छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिनमंगलमा रहेको ९१ रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न पाँचतारे होटल बनाउने काम अगाडि बढाइसकेको जनाएको छ । निर्माण, स्वामित्वकरण-सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण गरिने होटलमा २०० रुमहरु बनाउने योजना छ । यो होटल बनाउन २ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

हराएको बायुयान खोज तथा उद्धार कार्यलाई व्यवस्थित गर्न वायुयान खोज तथा उद्दार नियमावली, २०७२ को मस्यौदा तयार भइसकेको प्राधिकरणले जनाएको छ । नागरिक उड्डयन सुरक्षा नियमावली, २०७२ को मस्यौदालाई पनि अन्तिमक रुप दिइसकेको सर्वेक्षणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment