Comments Add Comment

ईश्वर पोखरेललाई योगेशको चेतावनीः प्रेस चौतारीको इञ्चार्ज म हुँ

ishwor pokhreal and yogesh bhattrai

१३ जेठ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले महासचिव ईश्वर पोखरेललाई पत्र लेखेर प्रेस चौतारीको इञ्चार्ज आफू रहेको जानकारी दिएका छन् ।

विहीबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा महासचिव ईश्वर पोखरेलले प्रेस चौतारीको नवनिर्वाचित कमिटीलाई बधाइ दिन बोलाएको प्रति भट्टराईले आपत्ति प्रकट गरेका छन् । आफू प्रेस चौतारीको इञ्चार्ज भए पनि महासचिवले आफूलाई थाहै नदिई चौतारीको भेला बोृलाएको भन्दै भट्टराईले आपत्ति जनाएका हुन् ।

‘हालै सम्पन्न प्रेस चैतारी नेपालको आठौं अधिवेशनबाट चयन भएको केन्द्रीय नेतृत्वका लागि आज केन्द्रीय कार्यालयमा गरिएको स्वागत कार्यक्रमप्रति मेरो ध्यानकर्षण भएको छ’ भट्टराईले महासचिवलाई लेखेको पत्रमा भनेका छन्, ‘पार्टी केन्द्रीय कमिटीको कार्यविभाजन अनुसार पार्टीको प्रचार विभाग प्रमुख र प्रेस चौतारी ईञ्चार्जको जिम्मेवारी म स्वयं रहेको कुरा कमरेड स्वयंले जारी गरेको सर्कुलरमा स्पष्ट भएको यहाँलाई स्मरण गराउन चाहन्छु ।’

भट्टराईले महासचिवलाई लेखेको पत्रमा भनेका छन्-‘चौतारीको नेतृत्वलाई बधाइ ज्ञापन गर्न तपाइँको निर्देशनमा आज आयोजना गरेको कार्यक्रमले दाँतमा ढुङ्गा लागेको झैं भएको छ । तपाइँसँग दैनिकजसो पार्टी कार्यालयमा भेट भैरहेको छ । हातहातमा मोवाईल फोन छ । कार्यालयमा तपाईका लागि सहयोगीको व्यवस्थासमेत गरिएको छ ।’

उनले अघि लेखेका छन्, संगठनको लामो अनुभव समेत भएका तपाईबाट त्यही फाँटको इञ्चार्ज (मलाई) जानकारी नदिई, विना परामर्श पार्टीको सामान्य विधि र परम्परालाई समेत नजरअन्दाज गर्दै पार्टीको केन्द्रीय कार्यालयमा यस्तो कार्यक्रम गर्नु अत्यन्तै दुखद कुरा हो ।

त्यसमाथि पनि कार्यक्रममा प्रचार विभागका प्रमुख (मलार्इ) पनि खबर भएको तर कामको व्यस्तताले वहाँ आउन सक्नुभएन भनेर तपाई स्वयंले मन्तव्यका क्रममा गलत सूचना दिनु तपाईको स्तर र महासचिव जस्तो गरिमामय पदमा आसीन व्यक्तिवाट नसुहाउने कुरा हो । यो गतिविधिप्रति मेरो आपत्ति रहेको कुरा यो पत्रमार्फत पे्रसित गरेको छु ।’

एमाले सचिव योगेश भट्टरार्इले महासचिव ईश्वर पोखरेललाई लेखेको पत्र

कमरेड महासचिव
नेकपा एमाले
केन्द्रीय कार्यालय, धुम्बराही, काठमाडौं

विषयः आपत्ति प्रकट गरेको बारेमा ।

हालैसम्पन्न भएको प्रेस चैतारी नेपालको आठौं अधिवेशनबाट चयन भएको केन्द्रीय नेतृत्वका लागि आज मिति ०७३ जेष्ठ १३ गते पार्टी केन्द्रीय कार्यालयमा गरिएको स्वागत कार्यक्रमप्रति मेरो ध्यानकर्षण भएको छ ।

पार्टी केन्द्रीय कमिटीको कार्यविभाजन अनुसार पार्टीको प्रचार विभाग प्रमुख र प्रेस चौतारी ईञ्चार्जको जिम्मेवारी म स्वयं रहेको कुरा कमरेड स्वयंले जारी गरेको सर्कुलरमा स्पष्ट भएको यहाँलाई स्मरण गराउन चाहन्छु ।

प्रेस चौतारीको हालै सम्पन्न अधिवेशनबाट कठिन मेहनत र परिश्रम पश्चात सर्वसम्मत रुपमा नेतृत्व चयन भएको थियो र यो नेकपा (एमाले) का लागि अत्यन्तै राम्रो उदाहरण समेत रहेको थियो । तपाई काम विशेषले गुल्मी रहनु भएको वेलामा चौतारीको यो समाचार सुनाउँदा आफू खुसी भएको प्रतिक्रिया दिनु भएको मेरा कानमा ताजै छ । चौतारीको नेतृत्व निर्माणमा तपाँई लगायत पार्टीका अध्यक्ष, बरिष्ठ नेताहरु, मोर्चा प्रमुख, सचिव, चौतारीको पूर्व र तत्कालिन नेतृत्व सहितले दिनुभएको सल्लाहा सूझावप्रति म धन्यबाद ज्ञापन गर्दछु ।

यस्तो सकारात्मक पृष्ठभूमी सहित चयन भएको चौतारीको नेतृत्वलाई बधाई ज्ञापन गर्न तपाँईको निर्देशनमा आज आयोजना गरेको कार्यक्रमले दाँतमा ढुङ्गा लागेको झैं भएको छ ।

तपाँईसंग दैनिकजसो पार्टी कार्यालयमा भेट भैरहेको छ । हात हातमा मोवाईल फोन छ । कार्यालयमा तपाँईका लागि सहयोगीको व्यवस्था समेत गरिएको छ । संगठनको लामो अनुभव समेत भएका तपाँइवाट त्यही फाँटको ईञ्चार्ज (मलाई) जानकारी नदिई, विना परामर्श पार्टीको सामन्य विधि र परम्परालाई समेत नजरअन्दाज गर्दै पार्टीको केन्द्रीय कार्यालयमा यस्तो कार्यक्रम गर्नु अत्यन्तै दुखत कुरा हो । त्यसमाथि पनि कार्यक्रममा प्रचार विभागका प्रमुख (मलाई) पनि खबर भएको तर कामको व्यस्तताले वहाँ आउन सक्नु भएन भनेर तपाँई स्वयंले मन्तव्यकाक्रममा गलत सूचना दिनु तपाँईको स्तर र महासचिव जस्तो गरिमामय पदमा आसिन व्यक्तिवाट नसुहाउने कुरा हो ।
यो गतिविधिप्रति मेरो आपत्ति रहेको कुरा यो पत्र मार्फत पे्रसित गरेको छु ।

योगेश भट्टराई

प्रमुख प्रचार विभाग, नेकपा एमाले
इञ्चार्ज, प्रेस चौतारी नेपाल
०७३ जेठ १३ गते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment