Comments Add Comment

बहिनीको मृत्युपछि बेल्जियमबाट बिमल फर्कँदै

bimal-gharti-magar
१३ जेठ, काठमाडौं । उपचारका लागि बेल्जियममा रहेका फुटबलर बिमल घर्तिमगर बहिनीको मृत्यूको खबरपछि स्वदेश फर्कँदैछन् । उनी भोलि बिहान साँढे नौ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटवल संघ (एन्फा) ले जानकारी दिएको छ ।

बायाँ खुट्टाको लिगामेन्टको उपचारका लागि बिमल गत बैशाख २९ गते मात्र बेल्जियम गएका थिए । बुधबार राति हत्या गरिएकी उनकी बहिनी मनिषाको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment