Comments Add Comment

सिंहदरबारमा रंग छ्याप्दा पक्राउ परेका दुई युवा छुटे

Sihadarbar
१३ जेठ, काठमडौं । सिंहदरबारको पूर्वी गेटअगाडि रातो रंग छ्यापेपछि पक्राउ परेका दुई युवालाई प्रहरीले मुक्त गरेको छ ।निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीहरुमाथि सार्वजनिक अपराधको मुद्दा चलाइएको थियो ।

पक्राउ परेकामध्ये घटनाका मुख्य सूत्रधार इशान अधिकारीलाई ५ हजार धरौटी र पत्रकार शेषनारायण झालाई साधारण तारेखमा छोडिएको हो ।

उनीहरुलाई सोमबार राति सिंहदरबार गेटबाट पक्राउ गरिएको थियो । उनीहरुले बाल्टिनमा घोलेर ल्याएको रातो रंग सिंहदरबारको पर्खालमा फ्याकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment