Comments Add Comment

सिंहदरबारमा अर्को समूहले ‘होली’ खेल्यो (फोटोफिचर)

एक हुल पत्रकार जम्मा पारेर रंग छ्याप्दासम्म प्रहरीले थाहा पाएन

simhadarbar rang color (3)
१३ जेठ, काठमाडाैं । सिंहदरबारमा रंग छ्यापेको आरोपमा पक्राउ परेका दुई युवालाई प्रहरीले छाडेलगत्तै एउटा समूह आएर त्यही हर्कत दोहोर्‍याएको छ । अस्ति रातो छ्यापिएको भित्तोमा सेतो पोतेर चिटिक्क पारिएको थियो, तर फेरि उस्तै भएको छ ।

केही फोटोपत्रकारहरुलाई ‘बेलुकी ३ बजे सिंहदरबारमा रंग छ्याप्ने योजना छ’ भनेर खबर गरिएको थियो । त्यही सूचनाका आधारमा पुगेका पत्रकारहरु प्रहरीको आँखा छलेर सिंहदरबार वरपर बसिरहे । दुई घन्टासम्म कोही आएन ।

simhadarbar rang color (2)
तर, बेलुकी ५ बजे एउटा समुह वाणिज्य बैंकको अगाडि कुनामा आएर थुपि्रयो । समुहमा ६ जना थिए । उनीहरुसँग मिनरल वाटरका केही बोतल थिए । उनीहरुले गोजीबाट रंग निकालेर पानीमा भिजाए अनि होली खेलेझैं गरी एक अर्काको अनुहार र शरीरमा दल्न थाले । पत्रकार भटाभट फोटो खिच्न थाले । उनीहरुले बोतलमा पनि रंग हालेर घोले ।

simhadarbar rang color (9)रंग दलिसकेपछि उनीहरु सिंहदरबार गेटतिर दौडिए । गेटअगाडि ३-४ जना प्रहरी थिए । उनीहरु नजिकै आउँदासम्म पनि प्रहरीले ख्याल गरेनन् । त्यसपछि उनीहरुले रंग घोलेको बोतलले गेट छेउको पर्खालमा छर्किन थाले । अस्ति रंग पोतिएको ठाउँमा फेरि सेतो रंग लगाएर चिटिक्क पारिएको थियो । तर फेरि उस्तै भयो ।

simhadarbar rang color (14)पत्रकारहरु वरिपरीबाट फोटो खिच्न थालेपछि बल्ल प्रहरीले मेसो पायो । रंग छर्किएका युवाहरुले भाग्ने प्रयास गरेनन् । उनीहरु पक्राउ दिन इच्छुक देखिन्थे । उनीहरुलाई प्रहरीले पक्राउ गरेर लगेको छ ।

simhadarbar rang color (5)रंग छ्याप्ने युवाहरुले आफूहरु इशान अधिकारीकै साथी भएको बताउँदै थिए । सिंहदरबारका डिएसपी प्रजित केसीले आज रंग छ्याप्ने समुह कोबाट परिचालित छन् भन्ने खोजविन भइरहेको बताएका छन् ।

simhadarbar rang color (13)
simhadarbar rang color (1)
simhadarbar rang color (7)
simhadarbar rang color (11)
simhadarbar rang color (12)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment