आफ्नै घरभित्रको युद्धलाई मिलाइदिने यहाँ को छ र,
अन्यायमा परेकालाई न्याय दिलाइदिने यहाँ को छ र ?
एउटै आमाका सन्तति हौ भनी सम्झाइदिने को छ र,
मरेका बुद्धलाई फेरी जन्माइदिने पो को छ र ?
रोइरहेकी नेपाल आमाको आँशु पुछिदिने को छ र,
जीवन माग्नेहरुको याचना बुझिदिने पो को छ र ?
लुटिएकी चेलीको चित्कार सुनिदिने को छ र,
हत्या हिंसा रोक्ने महात्मा पो यहाँ को छ र ?
शान्ति चाहियो भन्ने धेरै छन्, तर ल्याइदिने को छ र,
देश बिग्रियो भन्ने धेरै छन्, तर बनाइदिने पो यहाँ को छ र?
त्यसैले के बेर,
वीर गोर्खालीको नाम दन्त्य कथामा मात्र हुनलाई,
के बेर सगरमाथाको शान सागरमा परिणत हुनलाई ।
के बेर ‘नेपाल’ शब्द झिकी सोमलिया शब्द हाल्नलाई
अनि के बेर हामी नेपाली पो थियौं भनेर पश्चताप हुनलाई ।