Comments Add Comment

अष्ट्रेलियाबाट फर्केर ज्योतिले भनिन्ः काफी मजा लिए

jyoti-magar 810काठमाडौं । अष्ट्रेलियाको विभिन्न शहरमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएर फर्केकी छिन् ज्योती मगर ।

‘भर्खर अष्ट्रेलियाबाट फर्कें, अब काममा जुट्छु,’ अनलाइनखबरसँग कुरा गर्दै भनिन् ।

छोटो लुगा, भद्दा शरीर, उच्छृङ्खल प्रस्तुति । यस्ता आरोप पटक-पटक खेपेकी छिन् ज्योतीले । अष्टे्रलियाको टुरमा पनि त्यहि त भयो होला ? ज्योति मुस्कुराइन्, ‘अहँ, यसपाली कसैले पनि त्यस्तो भनेनन् नी ।’

उनलाई दर्शकले सोध्दा रहेछन् ‘यस्तो मोटो ज्यानमा इनर्जी कसरी आउँछ ?’ उनी स्टेजमा गाउँदै नाच्छिन् पनि । ‘शायद मैले गाउँदै नाँचेको देखेर होला दर्शकहरुले सोध्नुहुन्छ ‘इनर्जी कहाँबाट आउँछ ?’ उनले सुनाइन् ।

विभिन्न मुलुकमा गएर सांगीतिक प्रस्तुति दिएकी ज्योतीले यसपालीको कार्यक्रम विशेष भएको अनुभव गरेकी छिन् । उनको टोलीले लोकदोहोरी, आधुनिक र कमेडी प्रस्तुति दिएको थियो ।

‘कमेडी, आधुनिक र लोक दोहोरीले गर्दा हाम्रो प्रोग्राम कम्प्लीट भयो, दर्शकहरुले काफी मजा लिनु भयो ।’ ज्योतिले भनिन् । विपिन बस्नेतको हाम्रो इभेन्टले कार्यक्रम आयोजना गरेको थियो । आयोजक संस्थाले पनि आफुहरुलाई धेरै सम्मान दिएको उनको भनाई थियो ।

Jyoti (1)

उहि मुलाको सिन्कीको माग धेरै

प्रायः कार्यक्रममा आधा दर्जनभन्दा बढी आफ्नै गीत गाउछिन् ज्योती । ‘उही मुलाको सिन्की, जिम्वाल बाको छोरी, पिरतीमा दम छ’ लगायतका गीत गाउँछिन् । सबैभन्दा धेरै माग उहि मुलाको सिन्कीले पाउने गरेको छ ।

उनले मोडलिङ गरेको श्रीदेबी देबकोटाको स्वर रहेको ढाडे बिरालोको पनि माग गर्छन् दर्शक । कहिले काँही ढाडे बिरालो पनि गाउने गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment