Comments Add Comment

आन्दोलनकारी र सरकारबीच वार्ता सुरु, बन्दकर्ता छुटे

BANDA (2)

१३ जेठ, काठमाडौं । वृद्धि गरिएको ट्राफिक जरिवाना फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र मजदुर तथा सरकारबीच वार्ता भएको छ । तर, कुनै सहमति हुन सकेन ।

बिहीबार सार्वजनिक सवारी साधान नचलाएका व्यवसायी र मजदुरलाई सरकारले वार्तामा बोलाएको हो । यातायात व्यवस्था विभागमा वार्तामा भएको संयुक्त संघर्ष समिति र सरकारबीचको वार्तामा व्यवसायीले अब तत्काल चक्काजामको कार्यक्रम नगर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

वार्तामा बस्नुअघि नै उनीहरुले आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा गर्नुपर्ने शर्त राखेका थिए । प्रहरीले पक्राउ परेका अधिकांशलाई रिहा गरेपछि बेलुकी विभाग र आन्दोलनकारीबीच वार्ता भएको हो ।

विभागका प्रवक्ता बसन्त अधिकारीका अनुसार व्यवसायीसँग दोस्रो चरणमा भेलि फेरि वार्ता हुनेछ । ट्राफिक जरिवाना बढाएको विरोधमा आन्दोलनरत व्यवसायीलाई विभागले ९ बुँदे मागमध्ये ८ वटामा छलफल गर्न सकिने जवाफ दिएको छ ।

ऐन नै संशोधन गरेर बढाइएको जरिवानाबारे भने विभागले सरकारी उच्च तहमा छलफल गर्न आग्रह गरेको छ । भोलि विभाग र आन्दोलनकारीबीच विहान १० बजे फेरि वार्ता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment