Comments Add Comment

नेपालको जनसंख्या भन्दा बढी टेलिफोन वितरण

एक करोड २२ लाखले चलाउँछन् इन्टरनेट

smartphone
१३ जेठ, काठमाडौं । नेपालको कुल जनसंख्या भन्दा टेलिफोन प्रयोगकर्ताको संख्या बढी देखिएको छ । नेपालको पछिल्लो कुल जनसंख्या २ करोड ८४ लाख ३० हजार रहेको छ । तर, टेलिफोन प्रयोगकर्ताको संख्या पुस मसान्तमै २ करोड ९२ लाख नाघिसकेको छ ।

कुल टेलिफोन प्रयोगकर्तामध्ये मोबाइल सेवाका ग्राहकमात्र २ करोड ७५ लाख १६ हजार रहेको छ । यो तथ्यांकले प्रत्येक नेपालीको हातमा मोबाइल पुगिसकेको देखाउँछ । मुलुकका ७५ वटै जिल्लामा मोबाइल सेवा पुगेको छ । करिव ९० प्रतिशत भू-भाग मोबाइल नेटवर्कले कभर गरिसकेको दूरसञ्चार प्राधिकरणको दाबी छ ।

यसैगरी, भ्वाइस सेवामा पिएसटिएनका ग्राहक ८ लाख ४६ हजार ९४०, लिमिटेड मोबिलिटीका ८ करोड ४४ लाख ५९४ र जिएमपिसिएमका १ हजार ७४२ जना ग्राहकहरु रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

बढ्दैछन् इन्टरनेट प्रयोगकर्ता

नेपालमा पुस मसान्तसम्म इन्टरनेट चलाउने ग्राहकको संख्या १ करोड २२ लाख ९३ हजार १३२ पुगेको छ । जसमध्ये मोबाइलबाट इन्टरनेट चलाउने ग्राहकको संख्या १ करोड १७ लाख ७९ हजार ७७१ जना रहेका छन् ।

माथिको तथ्यांकले अधिकांश मानिसको पहुँचमा मोबाइलबाट इन्टरनेट सेवा पुगेको स्पष्ट हुन्छ । नेपालमा ८ प्रकारको इन्टरनेट सेवा उपलब्ध छ । एडीएसएल इन्टरनेट सेवाका ग्राहक १ लाख ६० हजार, सिडिएमए तथा इभिडियोका १ लाख ९९ हजार ग्राहकहरु रहेका छन् ।

यसैगरी, वाइम्याक्स १४ हजार ३४५, डायलअपका १० हजार, वायरलेस मोडियम अप्टिकल फाइभर इथरनेटका ४६ हजार केवल मोडियमका ८२ हजार र भिस्याट बेष्ड इन्टरनेटका १३ जना ग्राहक पुगेका छन् ।

आर्थिक सर्वेक्षणमा उल्लेख गरिएअनुसार ७२ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट सुविधा पुगिसकेको छ । पछिल्लो समय नेपालले सूचना प्रविधिकिो फड्को नै मारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment