Comments Add Comment

रक्सी खाएर संसदमा बोल्न थालेपछि तान्जानियाका गृहमन्त्री बर्खास्त

wineकोही कोही मानिस उच्च ओहोदामा पुगेर पनि आफ्नो ओहोदा वा पदको मर्यादा कायम राख्न सक्दैनन् । यो दुनियामा यस्ता मन्त्रीहरु पनि हुँदा रहेछन् जो टन्न रक्सी धोकेर संसदमा पुग्दछन् र सांसदहरुले सरकारका कामकारवाही बारेमा उठाएका प्रश्नको जवाफ रक्सीकै तालमा दिन्छन् ।

घटना तान्जानियाको हो । रक्सी धोकेर संसदमा गई रक्सीकै तालमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिएको आरोपमा त्यहाँका राष्ट्रपतिले गृहमन्त्रीलाई बर्खास्त गरेका छन् ।

भ्रष्टाचार तथा असक्षमतालाई परास्त गर्ने भन्दै गत नोभेम्बरमा सत्ता सम्हालेका राष्ष्ट्रपति जोन म्यागुफुलीले सरकारका उच्च अधिकारीहरुलाई एकपछि अर्को गर्दै बर्खास्त गर्ने श्रृंखला गृहमन्त्रीसम्म आइपुगेको छ ।

भ्रष्टाचारको आरोपमा अहिलेसम्म धेरै वरिष्ठ सरकारी अधिकारीहरुलाई उनले बर्खास्त गरिसकेका छन् भने सरकारको खर्च घटाउनकालागि सरकारले क्रिसमस कार्ड छापेर बाँड्ने चलन पनि हटाएका छन् ।

राष्ट्रपतिको निकटका व्यक्ति मानिने गृहमन्त्री चाल्र्स किटवांगाको बर्खास्तगीलाई धेरैले आश्चर्यको रुपमा लिएका छन् । राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तीमा गृहमन्त्री किटवांगा रक्सी पिएर संसदमा पुगेको र गृह मन्त्रालयका बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ पनि रक्सीकै तालमा दिएको हुँदा उनलाई बर्खास्त गरिएको उल्लेख छ । यो घटना कहिले भएको हो ? भन्ने चाहीँ खुलाइएको छैन ।

यो घटना अघि नै उनले गृहमन्त्रालय राम्रोसँग चलाउन नसकेको भन्दै सांसदहरुले उनको राजिनामाको माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment