Comments Add Comment

आइफोन प्रयोग गर्छन् गुगलका हाकिम, बोक्दैनन् गुगलकै नेक्सस फोन

गुगलको मातृ कम्पनी अल्फाबेटका कार्यकारी अध्यक्ष एरिक स्मिटले आफुले प्रतिस्पर्धी कम्पन एप्पलको आइफोन चलाउने गरेको स्विकार गरेका छन् । नेदरल्याण्डको एम्स्टर्डममा आयोजित स्टार्टअप युरोप फेस्टमा उनले आइफोन प्रयोग गर्ने गरेको कुरा स्विकार गरेका हुन् ।

arick asmitआफुले दिनहुँ आइफोन चलाउने गरेको बताउँदै उनले आफुले आइफोनको अलावा सामसुंग ग्यालेक्सी एस सेभेन पनि चलाउने बताए । जुन गुगलको एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्दछ ।

प्रविधि कम्पनीहरुको उक्त मेलामा सहभागी भएका मानिसहरुबीच गरिएको मतसर्भेक्षणका क्रममा धेरै मानिसहरुले एन्ड्रोइड फोनको तुलनामा आइफोन बढि चलाउने गरेको पाइयो ।

गुगल आफैले नेक्सस स्मार्टफोन उत्पादन गरेको र गुगलको अपरेटिंग सिस्टममा चल्ने अन्य धेरै खाले ब्राण्डेड एन्ड्रोइड फोन हुँदाहुँदै पनि गुगलको सबैभन्दा ठूला हाकिमले अर्कै कम्पनीको मोबाइल बोक्नुलाई कम्पनीको ब्राण्डप्रतिको कृतघ्नताको संज्ञा दिइएको छ ।

यदि स्मिटले गुगलले डिजाइन गरेको नेक्सस फोन बोकेका हुन्थे भने उनमा ब्राण्ड लोयल्टी देखिन्थो । तर उनलाई आफ्नो भन्दा अरु नै कम्पनीको फोन मन पर्यो । तर पत्रकारले सोधेको प्रश्नमा भने उनले आफुलाई सबैभन्दा मनपर्ने स्मार्टफोन ग्यालेक्सी एस सेभेन रहेको बताए । ग्यालेक्सी एस सेभेनको ब्याट्री र क्यामरा उत्तम रहेको उनको भनाई छ ।

स्मिटले एस सेभेनको क्यामराको तारिफ त गरे त सायद उनले एप्पलका सिइओ टिम कुकसँग फोटोग्राफीको टिप्स भने लिएनन् । कुकले यो वर्षको सुरुवातमा आइफोनले खिचेको आफ्नो एउटा तस्वीर टि्वटरमा अपलोड गरेका थिए ।

उक्त तस्वीर धमिलो थियो अर्थात् फोटो क्वालिटी खासै राम्रा थिएन । जसका कारण कुक र आइफोन दुबैको आलोचना भयो र खुबै खिल्ली उडाइयो । त्यसपछि कुकले त्यो तस्वीर नै डिलिट गर्नु परेको थियो । तर जे होस् गुणस्तरीय तस्वीर खिच्ने सवालमा आइफोन एक नम्बरमै छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment